फेसियल हाउसमा ‘मिस नेवा’ प्रतियोगी
screennepal
प्रकाशित: २०७२, २६ माघ मंगलवार
no img

काठमाडौं । ‘एईसीसी मिस नेवाः११३६’ का प्रतियोगी मंगलबार राजधानीको काठमाडौं मलस्थित ‘फेसियल हाउस’मा भेटिए । उनीहरुले त्यहाँ आफूले चाहेजस्तै ‘हेयर स्टाइल’ बनाए । प्रतियोगीको आकांक्षालाई फेसियल हाउसकी सञ्चालक तथा ब्युटिसियन सुषमा महरालगायत कर्मचारी पूरा गर्न मस्त थिए । ‘बेस्ट हेयर’ र ‘बेस्ट स्किन’ का ‘मिस नेवा’ प्रतियोगीहरु त्यहाँ पुगेका हुन् ।

_MG_2190
नेप्लीज फेसन होमद्वारा आयोजित ‘११औं एईसीसी ग्लोबल मिस नेवाः ११३६’ मा नेवार सुमदायका २२ जना युवती स्पर्धा गर्दैछन् । उनीहरुलाई क्याटवाक लगायत विभिन्न व्यक्तित्व विकाससम्बन्धी कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिँदै आएका छन् । केही दिनअघि मात्र देशमा शान्ति र अमन चयनको कामना गर्दै ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा लाख बत्ती प्रजलन गरेका प्रतियोगीको फेसियल हाउसमा ‘स्किन टेस्ट समेत गरिएको थियो । ‘यो बेस्ट स्किनअन्र्तगत हो’ फेसियल हाउसकी महराले भनिन्, ‘आज बेस्ट हेयर र बेस्ट स्किनका लागि स्पर्धा हुँदैछ ।’ जसको नतिजा भने प्रतियोगिताको फाइनलको दिन घोषणा गरिने आयोजकले जनाएको छ ।

_MG_2206
सौन्दर्य प्रतियोगितामा पृथक पहिचान बनाएको ‘मिस नेवा’ एक कल्चरल शो हो । त्यसैले पनि सौन्दर्य प्रतियोगिताको भीडमा फरक पहिचान बनाउन आफूहरु सफल हुँदै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले बताइन् । प्रतियोगिताको अन्तिम स्पर्धा आगामी फागुन ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । जुन दिन २२ मध्ये एक जनाले मिस नेवाको ताज पहिरिने छ । तस्बिर : नविन गुरुङ

Comments