‘नेपाल भ्रमण सुरक्षित छ’ भन्ने सन्देशसहित लोक संस्कृति मेला हुँदै
screennepal
प्रकाशित: २०७२, २५ माघ सोमबार
no img

काठमाडौं । यसपटक पनि ‘अन्तर्राष्ट्रिय लोक संस्कृति मेला’ हुने भएको छ । नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिएको आयोजकले जनाएको छ । सोमबार राजधानी पत्रकार सम्मेलन गर्दै आयोजक संस्था एभरेष्ट नेपाल कल्चलर गु्रपले ‘आठौं अन्तर्राष्ट्रिय लोक संस्कृति मेला–२०७२’ बारे जानकारी गराएको हो ।

???????????????????????????????

पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका अध्यक्ष आरसी कोइरालाले सरकारले नगरेको काम आफूहरुले गरेको बताए । ‘नेपालको कला संस्कृतिको प्रवद्र्धन गर्ने काम सरकारले गर्नुपर्ने हो’, उनले भने, ‘तर, त्यो काम हामीले गरिरहेका छौं ।’ उनका अनुसार यस पटकको मेलाका नेपाललगायत ७ मुलुकमा कलाकारले सहभागी जनाउँदैछन् । ‘नेपाल भ्रमण सुरक्षित छ’ भन्ने सन्देश प्रभाव गर्ने उद्देश्यले आयोजना हुन लागेको संस्कृति मेला १९ फागुनदेखि २८ गतेसम्म चल्ने छ । मेलामा नेपालका अलावा इस्टोनिया, मेक्सिको, इन्डोनेसिया, बंगलादेश, भारत, श्रीलंकागायतका मुलुकका कलाकारले सहभागी जनाउँदैछन् । उनीहरुले आ–आफ्नो देशको लोक संस्कृति झल्काउँने कला प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा सांस्कृतिक मेलाको बारेमा पत्रकारलाई प्रष्ट पार्दै अध्यक्ष कोइरालाले भने, ‘मौलिक कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा सरकारले कहिल्यै ध्यान दिएन । सरकारसँग धेरैचोटी कला संस्कृतिको बारेमा प्रपोजल पेश गरेँ, कुराकानी गरेँ तर संस्कृति मन्त्रालयले यसमा सधैं वेवास्ता ग-यो ।’ कलासंस्कृतिको संरक्षण, प्रबद्र्धनका लागि सरकारको कुनै भिजन नै नभएको उनको भनाइ थियो ।
१८ वर्षअघि स्थापना भएको यस कल्चरल गु्रपले नेपालको कला संस्कृतिलाई विदेशका विभिन्न देशमा प्रस्तुत गर्दै आएको छ भने नेपालमा पनि विभिन्न देशको कलासंस्कृतिलाई प्रदर्शन गर्दै आएको छ । कोइरालाले आफ्नो संस्थाले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

 ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मेलाको मुख्य नारा रहेको छ । मेला राजधानीलगायत विभिन्न स्थान हुनेछ । कोइरालाका अनुसार काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक (बनेपा), नुवाकोट (त्रिशुली), धादिङ र पोखराजस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा मेला चलाइने छ ।
पत्रकार सम्मेलनमा कार्यक्रममा चलचित्र निर्देशक, लोकगायक एवं संगीतकार नारायण रायमाझी, लोकगायक दुर्गा रायमाझी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मालगायतको उपस्थिति थियो ।

Comments