बंगलामुखीमा ‘मिस नेवा’द्वारा लाख बत्ती प्रजलन
screennepal
प्रकाशित: २०७२, २५ माघ सोमबार
no img

काठमाडौं । देशमा शान्ति र अमन चयनको कामना गर्दै नेवाः सुन्दरीहरुले ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा लाख बत्ती प्रजलन गरेका छन् । नेप्लीज फेसन होमद्वारा आयोजित ११औं एईसीसी ग्लोबल मिस नेवाः ११३६ का प्रतियोगीले शनिबार साँझ लाख बत्ती प्रजलन गरेर शान्तिको कामना गरेका हुन् । प्रतियोगितामा नेवार समुदायका २२ युवती अन्तिम स्र्धाका लागि प्रशिक्षण गरिरहेका छन् ।

_DSC1356

विभिन्न व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण लिइरहेका नेवाः सुन्दरीहरुले देशमा अशान्तिको अन्त्य होस् भन्दै बंगलामुखीमा दीप प्रजलन गरेको बताए । उनीहरुलाई कोरियोग्राफर रोजि शाक्यले क्याटवाक लगायत अआत्मविकास सम्बन्धी तालिम दिँदै आएका छन् । दीप प्रजलन कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धर पनि सहभागी थिइन् ।

_DSC1410

सौन्दर्य प्रतियोगितामा पृथक पहिचान बनाएको ‘मिस नेवा’ एक कल्चरल शो पनि हो । त्यसैले पनि सौन्दर्य प्रतियोगिताको भीडमा फरक पहिचान बनाउन आफूहरु सफल हुँदै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले बताइन् । प्रतियोगिताको अन्तिम स्पर्धा आगामी फागुन ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । जुन दिन २२ मध्ये एक जनाले मिस नेवाको ताज पहिरिने छ ।

Comments