मलाई खोजी प्रतिभाले गायिका बनाएको हो : दुर्गा परियार
screennepal
प्रकाशित: २०७२, २५ माघ सोमबार
no img

काठमाडौं । गायिका दुर्गा परियार ‘ऐना’ लिएर श्रोतामाझ आएकी छन् । दुर्गाको यस दोस्रो गीतिसंग्रहलाई छायाँछवि क्रियशनद्वारा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको छ । छायाँछविका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा आयोजित ‘ऐना’ सार्वजनिक कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, नाचघरका महाप्रबन्धक राजेश थापा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठलगायतका उपस्थिति थियो ।

???????????????????????????????
गायिका दुर्गा परियारले एल्बम सार्वजनिक पछि आफूलाई खोजी प्रतिभाले गायिका बन्ने अवसर मिलेको बताइन् । उनले पत्रकार शान्तिप्रियको सहयोगलाई भुल्न नसक्ने बताउँदै आफूलाई गायिका बनाउन सहयोग पु-याउने सम्पूर्णलाई आभार प्रकट गरिन् ।
कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसालले गायिका दुर्गा परियारको स्वरको प्रशंसा गर्दै ‘ऐना’ले समाजको यथार्थ चित्रण गरेजस्तै गीतिसंग्रह ‘ऐना’ले पनि उनको गायकीपनलाई प्रष्ट पार्ने बताइन् । त्यस्तै ‘ऐना’को समीक्षा गर्दै संगीतकार सन्तोष श्रेष्ठले एउटा पाश्र्व गायिकामा हुनुपर्ने सम्पूर्ण गुण भएको बताएका थिए । श्रेष्ठले गायिका परियारको स्वरलाई संगीतकार र गीतकारहरुले सुहाउँदो बनाइदिएको कारण पनि ‘ऐना’ उत्कृष्ट बन्न सफल भएको बताए ।
त्यस्तै, संगीतकार सुरेश अधिकारीले गायिका परियारको सम्भावना देखेरै उनको स्वर छानेको बताए । दुर्गाको मिहिनेत, गायकीपन दिनानुदिन राम्रो बन्दै गएको बताउँदै अधिकारीले खोजी प्रतिभाकी प्रतिभा दुर्गा परियार सफल पाश्र्वगायिकाको रुपमा परिचित हुने दावी गरे ।

???????????????????????????????
त्यस्तै चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले आफ्नो चेलीका रुपमा लिएको बताउँदै पोखरादेखि खोजीप्रतिभाको टोलीले छानेर ल्याएको दुर्गा उत्कृष्ट बन्दै आज गायिका बन्दा आफूलाई गर्वको महसुस भएको बताए । राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले गायिका दुर्गा परियारको प्रगति देखेर आफू खुशी भएको बताउँदै ऐनाको सफलता शुभकामना दिएका थिए ।
त्यस्तै संगीतकार टीका भण्डारीले रेडियो नेपालको लाइबेरीमा पछिल्लो गीतिसंग्रहका रुपमा ‘ऐना’ दर्ता भएको बताउँदै दुर्गाको गायकीको चर्चा गरेका थिए । गायिका परियार प्रतिभाका बारेमा चर्चा गर्दै भण्डारीले दुर्गा वास्तवमै अन्जु पन्तपछिकी पाश्र्व गायिका बन्नेमा आफू आशावादी रहेको बताएका थिए । उनले स्व.मदन भण्डारीदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको गीतमा समेत स्वर दिइसकेकी गायिका दुर्गा परियारले आगामी दिनमा महिला गायनको मार्गमा अग्रपंक्ति प्राप्त गर्ने धारणा राखेका थिए ।
त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष एवं छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले गायिका दुर्गाको पाश्र्वगायन देखेर भविश्य राम्रो भएको बताएका थिए । खोजी प्रतिभाले ल्याएको प्रतिभा गायिका दुर्गा परियारको स्वर र स्वभावले पनि भोलिका दिनमा उनले सांगीतिक उचाइ कायम गर्ने बताए ।
उक्त कार्यक्रममा गायिका दुर्गा परियारको श्रीमान मुन्नाबहादुर गुरुङको एउटा गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो भने ऐना एल्बमभित्रको ऐना हेरेरै बोलको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

ऐना एल्बममा ६ वटा गीत समावेश गरिएको छ । म त हजुर, छचल्कियो, ऐना हेरेरै, किन हुन्छ्यौ ठूली, छातिमाथि शिर, नाइँ नाइँ भन्दा भन्दैजस्ता गीत रहेका छन् । रमेश बिजी, भुपेन्द्र खड्का, यमन सुवेदी, वसन्त सापकोटा, राजुबाबु श्रेष्ठ, राजेन्द्र थापाको शब्दरचना रहेको छ भने सुरेश अधिकारी, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, हरि लम्साल, आशिष अबिरलको संगीत रहेको छ । ऐनालाई ध्रुवसत्य इन्टरटेनमेन्टले बजार प्रबद्र्धन गरेको छ ।

Comments