राष्ट्रिय नाचघरमा सुनिए शास्त्रीय संगीतमा नारी श्रष्टा
screennepal
प्रकाशित: २०७२, २४ माघ आईतवार
no img

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान ‘राष्ट्रिय नाचघर’ जमलमा विभिन्न शास्त्रीय संगीत, गायन प्रस्तुतिसहित ‘शास्त्रीय संगीतमा नारी श्रष्टा’ कार्यक्रम आयोजना गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतको आतिथ्यतामा आयोजित कार्यक्रमको उद्देश्य नेपालमा शास्त्रीय संगीतको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन, यसको विकासका साथै शास्त्रीय संगीतमा महिला सहभागिता र शास्त्रीय संगीतमा महत्वपूर्ण भूमिका बढाउन रहेको आयोजकले जनाएको छ । कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य उदय श्रेष्ठले प्राचीन समयदेखि रहि आएको परम्परागत तथा शास्त्रीय संगीतको विकासका लागि यस्ता कार्यक्रमहरु महत्वपूर्ण भएको बताए ।

???????????????????????????????
कार्यक्रमको उद्घाटन गर्दै राज्यमन्त्री महतले कार्यक्रमको भने, ‘समाजका हरेक क्षेत्रमा महिलाहरुको सहभागिता अनिवार्य छ, नेपालको संविधानले पनि यस दिशालाई अग्रशर बनाएको छ । र यस कार्यक्रमले पनि महिलाहरुको संगीतका क्षेत्रमा सहभागितालाई अझ दिशानिर्देश गर्नेछ ।’ सारगीवादक वर्त गन्धर्वले सारंगीमा राग यमन प्रस्तुत गरी कार्यक्रम प्रस्तुति सुरु भएको थियो ।
सारंगीमा राग यमनमा विराज पोखरेलले तबलामा केसी राजाले सारंगीमा साथ दिएका थिए । यसै गरी दोश्रो प्रस्तुति सरोदमा राग चारुकेसी रुपा न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । उनलाई जीवन राई, रुमु न्यौपानेले साथ दिएका थिए । कार्यक्रमको तेश्रो प्रस्तुति प्राज्ञ शकुन्तला प्रधानले राग आभोगी कान्हडाप्रस्तुत गर्नुभएको थियो । उहाँलाई पर्शुराम पौडेल र शिवराज पौडेले साथ दिएका थिए । डा. अञ्जु उप्रेतीले सितारमा राग चारुकेसी प्रस्तुत गरेका थिए । उनलाई पण्डित अच्युतराम भण्डारी र एलिजा अधिकारीले साथ दिएका थिए ।

???????????????????????????????
शास्त्रीय गायिका संगीता प्रधानले राग रागेश्री प्रस्तुत गरेकी थिइन् भने उनलाई डंकनदाश चौधरी र धनबहादुर गोपालीले साथ दिएका थिए । कार्यक्रममा शास्त्रीय संगीतको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम अवधिभर उपस्थित दर्शक विभिन्न शास्त्रीय संगीतमा मग्न भएका थिए ।
कार्यक्रमको सहकार्य सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले गरेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिदै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले गरेको पहिलो सहकार्य कार्यक्रम भएकोले खुशी व्यक्त गर्दै भविश्यमा पनि यसै गरी दुवै संस्थाहरु मिलेर अगाडि बढनुपर्ने बताए ।
कार्यक्रमको सभापतित्वको मन्तव्य दिदै शास्त्रीय संगीतमा जीवन अर्पण गर्नु भएको श्रष्टाहरुलाई सम्मान गर्ने, उहाँहरुको प्रतिभाको कदर गर्ने र कार्यक्रमहरुको माध्यमद्धारा शास्त्रीय संगीतलाई यो विधालाई अझ उन्नत बनाउने कार्यमा अगाडि बढने बताए । कार्यक्रममा शास्त्रीय संगीतका वरिष्ठ कलाकार, वरिष्ठ साहित्यकार, संगीतकारसहित सयौं दर्शकको उपस्थिति रहेको थियो ।

Comments