बेलायतको क्याट्रिकमा गुञ्जियो ‘स्वरांकन’
screennepal
प्रकाशित: २०७२, २४ माघ आईतवार
no img

काठमाडौं । ब्रिटिस गोरखा नेप्लीज काउन्सिल ‘बिजीएनसी’ले केही सातायता बेलायतको विभिन्न स्थानमा नेपाली सांगीतिक कार्यक्रम गर्दै आएको छ । ‘ब्रिटिस गोरखा अवार्ड’ को घोषणासँगै ‘बिजिएनसी’ले चर्चित नेपाली कलाकारलाई लिएर च्यारिटी कन्सर्ट गर्दै आएको हो । यसैक्रममा शनिबार बेलायतको क्याट्रिकमा पनि सांगीतिक कार्यक्रम गरेको छ, जहाँ भर्खरै नेपाल आएर ‘स्वरांकन’ एल्बम सार्वजनिक गरि बेलायत फर्केकी गायिका अनिला राईले पनि प्रस्तुती पस्किइन् ।

2

‘रमाइलो साँझ–२०१६’ नाम दिइएको उक्त कार्यक्रममा अनिलाले आफ्नो नयाँ एल्बम ‘स्वरांकन’का गीतहरु प्रस्तुत गरेकी थिइन् ।  ‘कार्यक्रम निकै रमाइलो भयो’ अनिलाले स्क्रीन नेपालसँग अनलाइनमा भनिन्, ‘स्वरांकन एल्बम सार्वजनिक गरेपछिको यो मेरो पहिलो कार्यक्रम हो ।’ यतिखेर अनिलाको ‘स्वरांकन’ का गीतहरु नेपाली मिडियामा चर्चामा छन् । यसैबेला आफ्नो कर्मभूमि बनाउँदै आएकी बेलायतका अनिलाले सांगीतिक प्रस्तुती दिएकी हुन् ।

3
क्याट्रिक समाज र गोरखा कम्पनी आईटिसि क्याट्रिकले संयुक्त रुपमा आयोजित उक्त रमाइलो साँझमा नेपालबाट बेलायत पुगेका चर्चित लोकगायिका सुनिता दुलाल, इन्दिरा जोशीका साथै नृत्य निर्देशक गोविन्द राईले पनि आ–आफ्नो प्रस्तुती पस्केका थिए । ब्रिटिस गोरखा नेपाली काउन्सिलले नेपाली कला, साहित्य र संस्कृतिको उत्थानलाई जोड दिँदै बेलायतमा कार्यक्रम गर्दै आएको छ ।

1

यसअघि ‘बिजिएनसी’ले करिब दर्जन स्थानमा कार्यक्रम गरिसकेको छ । कार्यक्रम अझै केही स्थानमा गर्न बाँकी रहेको ‘बिजिएनसी’ले जनाएको छ ।

Comments