‘सोनाम ल्होछार’ गीतसंगीतले तात्र्दै डाँडागाउँ
screennepal
प्रकाशित: २०७२, २३ माघ शनिबार
no img

डाँडागाउँ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारमा काभ्रेको विकट क्षेत्र डाँडापारिस्थित डाँडागाउँ गाविस चर्चित कलाकारका साथ हुने बृहत सांस्कृतिक प्रस्तुतीले तात्ने भएको छ । २८५२औँ टे ल्हो (बाँदर वर्ष) को अवसरमा डाँडागाउँका दुई फरक ठाउँमा चर्चित कलाकारले सांगीतिक प्रस्तुती दिने भएका छन् । सोनाम ल्होछारकै दिन २६ माघमा डाँडागाउँ–९, जगथलीमा खुशी समाज युवा क्लबको आयोजना र उज्यालो भविष्य बाल क्लबको सह–आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रममा तामाङ समुदाय र अन्य क्षेत्रका चर्चित कलाकारले सहभागिता जनाउने आयोजक कमिटिका ढकबहादुर वाईबाले जानकारी दिए ।
त्यसैगरी फागुन १ गते डाँडागाउँस्थित रिओताला गुम्बाको प्रांगणमा पनि साँस्कृतिक कार्यक्रम हुने भएको छ । डाँडागाउँ युवा समाजको आयोजना बृहत साँगीतिक कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । टाइगर ब्रेवाईज प्रालिको मुख्य प्रायोजनमा हुन लागेको सो कार्यक्रममा चर्चित तामाङ कलाकारले प्रस्तुती पस्कँदैछन् ।
विगतका वर्षहरुमा पनि साँगीतिक कार्यक्रमका साथ डाँडागाउँमा ल्होछारलाई तामाङ समुदायको घर–घरमामनाउन सन्देश प्रदानगर्दै आएको छ ।

यस्तै, ‘सामाजिक परिवर्तन आजको आवश्यकता, उज्यालो भविष्य हाम्रो प्रतिबिद्धता’ भन्ने मुलनाराका साथ बालबालिकाको क्षेत्रमा बृहत्तर विकास गर्ने हेतुले स्थापना भएको उज्यालो भविष्य बाल क्लब डाँडागाउँ काभ्रेले प्रदान गर्दै आएको उज्यालो सम्मान यो वर्ष पनि प्रदान गर्ने भएको छ ।
बालबालिकाको बृहत्तर विकासका लागि सक्रिय समाजसेवी तथा शैक्षिक व्यक्तित्वलाई प्रदानगर्दै आएको सो पुरस्कार यो वर्ष दावा घिसिङ र कुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक होम वाईबालाई प्रदानगर्न लागिएको जनाइएको छ ।

Comments