हङकङमा बसेर गीतसंगीतलाई निरन्तरता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २२ माघ शुक्रबार
no img

काठमाडौं । भनिन्छ, ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाइ गायक भुपेन्द्र योङ्या र मोडल सुमन वनेमका लागि पनि चरितार्थ भएको छ । भुपेन्द्र र सुमनले आफ्नो इच्छा विदेशमा बसेर पनि पूरा गरिरहेका छन् । हाल हङकङमा रहेका यी दुईको सानैदेखि रुचि थियो कलाकारिता । त्यो रुचि उनीहरुले पछिल्लो समय ‘वर्षौ भयो छुटेको…’ गीतमार्फत पूरा गर्ने जमर्को गरेका छन् ।
भुपेन्द्रको शब्द, स्वर तथा संगीत रहेको ‘वर्षौ भयो छुटेको…’ गीतको म्युजिक भिडियो केही दिनअघि यु–ट्युब च्यानल मनोरञ्जन नेपालमार्फत रिलिज गरिएको छ । जसमा सुमनलाई मोडलिङका रुपमा देख्न सकिन्छ । ‘वर्षौ भयो छुटेको…’ गीतले भुपेन्द्रको गायन रुचि त पूरा भएको छ नै, यसै गीतको म्युजिक भिडियोमार्फत सुमनले मोडलिङप्रति थोरै भए पनि इच्छा पूरा गरेका छन् । म्युजिक भिडियोमा सुमनसँग गायिका तथा अभिनेत्री विष्णु चेम्जोङले अभिनय गरेकी छन् । यस गीतको भिडियोलाई रवि शेर्माले निर्देशन गरेका हुन् ।
गीतमा विदेशिन पर्दाको पीडालाई पनि थोरै उजागर गरेको पाइन्छ । भुपेन्द्र र सुमन नेपालमै रहँदा पनि कलाकारितामै संघर्षरत थिए । उनीहरु हङकङ पुगेर पनि त्यो कलाकारिताप्रतिको संघर्षलाई निरन्तरता दिएका छन् । यो नेपाली कलाकारिताप्रतिका एउटा सुखद् पाटो मान्न सकिन्छ । ‘वर्षौ भयो छुटेको…’ भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments