फेरि फूल्दै किरणका भावनाका फूलहरु (मन–मुटुमा…भिडियो)
screennepal
प्रकाशित: २०७२, २२ माघ शुक्रबार
no img

तिमी हौ सागर म हुँ नदी
तिमीसँगै मिल्न जरुरी छ
मेरो यो जीवन बुझन, तिम्रै नाम लेखी बगेकोछ …।

यो गीतको रचनाकार हुन् किरण टी लिम्बू । ‘भावनाका फूलहरु’मार्फत गीतकारको परिचय बनाएका किरणले यस्तै–यस्तै भावनात्मक गीतहरु समेटेर अर्को एल्बम ल्याउँदैछन् अर्थात् चाँडै उनको ‘भावनाका फूलहरु–२’ श्रोतामाझ अउँदैछ । माथि उल्लेखित गीत किरणले ‘भावनाका फूलहरु–२’ कै लागि तयार गरेका हुन् । एल्बममा अहिलेका व्यस्त र चर्चित संगीतकार ताराप्रकाश लिम्बूले सोलो संगीत गर्दैछन् ।

12630761_955243141223412_1491506360_o
गीतकार किरणले करिब दुई वर्षअघि ‘भावनाका फूलहरु’ एल्बम ल्याएका थिए । जसमा ताराप्रकाशकै सोलो संगीतमा विभिन्न चर्चित गायक÷गायिकाले स्वर दिएका थिए । उक्त एल्बममा समेटिएको ‘मन मुटु कलेजीमा’ बोलको गीत बजारमा निकै हिट भएको थियो अर्थात् उक्त गीतले श्रोताको साँच्चीकै मन मुटुमा छोएको थियो । संगीतकार ताराप्रकाशकै स्वर रहेको उक्त गीतको म्युजिक भिडियो समेत मन पराइएको थियो (तल भिडियो हेर्नुस्) । पहिलो एल्बमबाटै गीतकारको रुपमा परिचय बनाएपछि हौसिएका किरण अहिले उनै संगीतकार ताराप्रकाशको एकल संगीतमा एल्बम तयार गर्दैछन् । संगीतकार ताराप्रकाशले ‘भावनाका फूलहरु–२’ का लागि गीतहरु तयार भइरहेको बताए । ‘अब दुई महिनाभित्र एल्बम तयार भएर बजारमा आउँछ’ ताराप्रकाशले भने, ‘अहिले म यसै एल्बमको तयारीमा व्यस्त छु ।’

Comments