खुल्यो रेणुको ‘परिचय’
screennepal
प्रकाशित: २०७२, २१ माघ बिहीबार
no img

काठमाडौं । गायिका रेणु मोक्तानको लोकआधुनिक गीति एल्बम ‘परिचय’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ‘परिचय’ सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, साहित्यकार घनश्याम राजकर्णिकारलगायतले एल्बम सार्वजनिक गरेका थिए ।

???????????????????????????????
कार्यक्रममा गायिका रेणुले गीतसंगीतमा गरिएको संघर्षबाट परिचय खोज्दै गीतिसंग्रह तयार पारेको बताइन् । रेणलेले भनिन्, ‘मलाई कुन परिचय दिनुहुन्छ त्यो तपाईंहरुको हातमा छ ।’ त्यस्तै, कार्यक्रममा बोल्दै सन्तोष श्रेष्ठले रेणु मोक्तानको एल्बम परिचयलाई हेर्दा उनको मेहनत महत्वपूर्ण भएको बताएका थिए । ‘परिचय’ मा ढुंगालाई देउता सम्झी, आप्पाको छोरी, तिमीलाई मैले, यो आँखालाई, जल्छ मुटु, मुटुको माझैमा, लायो लायो, जे हुनुथियो, काली काली, आसेङ्गको छोराजस्ता १० गीत समावेश गरिएको छ । जसलाई जीवन बमजन, सोनिका लामा, बुद्धवीर लामा, समीर राई, टीका बमजन, तिलक पाख्रिन र गायिका मोक्तानकै रचना रहेको छ । त्यस्तै, टीका बमजन, सोनिका लामा, रेणु मोक्तान, शान्तिराम राई र पुस्कर सुनुवारको संगीत रहेको छ ‘परिचय’लाई शुभकामना मिडिया सोलुसनबाट बजार प्रबद्र्धन गरिएको हो ।

???????????????????????????????

Comments