सोनिकालाई ‘सलमानजस्तै यार चाहियो…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २१ माघ बिहीबार
no img

काठमाडौं । गायिका सोनिका लामालाई जवानी चढेपछि सलमान खानजस्तै यार चाहियो रे । केही महिनाअघि मात्र सोनिकाले ‘जवानीमा लाली चढ्यो’ बोलको म्युजिक भिडियो ल्याएकी थिइन् । जसको चर्चा सेलाउन नपाउँदै उनले ‘सलमान जस्तै यार चाहियो’ बोल म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । सोनिकाले आफ्नो म्युजिक भिडियोमा सलमान अभिनेता सविन श्रेष्ठलाई बनाएकी छन् । यस म्युजिक भिडियोलाई बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको जानकारी गराएको हो ।

sonika lama 22

सोनिकाको चौथो एल्बम ‘सोनिका’ मा संगृहीत ‘सलमान जस्तै यार चाहियो’ गीतको भिडियोमा सविनसँग सोनिका आफैले मोडलिङ गरेकी छन् । केदार नेपालीको शब्द तथा संगीत रहेको यस गीतको भिडियो निर्देशन दशरथ गिरीले गरेका हुन् । यस म्युजिक भिडियोमा नरेशबीर सिंहको कोरियोग्रफी रहेको छ भने छायांकन रामेश्वर कार्कीले गरेका हुन् । सोनिकाको ‘सलमान जस्तै यार चाहियो’ गीतको भिडियोलाई श्रोता तथा दर्शकमाmभ ल्याउने काम भने चियर्स इन्टरटेनमेन्टले गरेको हो । सोनिकाले यसअघि ‘बेसहारा’, ‘कस्तो यो जीवन’ र ‘सोनिकाको जवानी’ नामका एल्बम बजारमा ल्याईसकेकी छन् ।

Comments