प्रज्ञा–प्रतिष्ठानमा गुञ्जियो राष्ट्रियताको आवाज
screennepal
प्रकाशित: २०७२, १९ माघ मंगलवार
no img

प्रधानमन्त्री ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेजस्ता पुराना पुस्ताका व्यक्तित्वद्वारा रचना भएका गीतमा बालबालिकाको नृत्य प्रस्तुतिले राष्ट्रियताको भावनालाई पुस्ता–पुस्ताबीचको सम्बन्धलाई जोडेको बताए । बालबालिकाको ‘बाल राष्ट्रिय गीत सम्मेलन—२०७२’ महत्वपूर्ण रहेको बताउँदै ओलीले यसले राष्ट्रिय अखण्डतालाई बलियो बनाउने कुरामा जोड दिएका थिए ।

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान संगीत विभागद्वारा सोमबार राजधानीमा आयोजित ‘बाल राष्ट्रिय गीत सम्मेलन—२०७२’ मा विभिन्न २० विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । उनीहरुले राष्ट्र र राष्ट्रियता झल्काउने गीतसंगीत प्रस्तुत गरेका थिए ।
‘आजका कलिला बालबालिकाहरु भोलिका देशका कर्णधारहरु’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा  बालमनोविज्ञानबाट राष्ट्र र राष्ट्रियताप्रति संवेदनशिलता जगाई सच्चा देशभक्त नागरिक निर्माणका लागि विद्यालयस्तरबाटै राष्ट्र र राष्ट्रियता विषयक ‘बाल राष्ट्रिय गीत सम्मेलन—२०७२’ गरिएको आयोजकले जनाएको छ ।

???????????????????????????????
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षकसमेत रहेका प्रम ओलीले भने, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेजस्ता पुराना पुस्ताका व्यक्तित्वहरुद्वारा रचना भएका गीतमा बालबालिकाको नृत्य प्रस्तुतिले राष्ट्रियताको भावनालाई पुस्ता–पुस्ताबीचको सम्बन्धलाई जोडेको छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेजस्ता पुराना पुस्ताका व्यक्तित्वद्वारा रचना भएका गीतमा बालबालिकाको नृत्य प्रस्तुतिले राष्ट्रियताको भावनालाई पुस्ता–पुस्ताबीचको सम्बन्धलाई जोडेको बताए । बालबालिकाको ‘बाल राष्ट्रिय गीत सम्मेलन—२०७२’ महत्वपूर्ण रहेको बताउँदै ओलीले यसले राष्ट्रिय अखण्डतालाई बलियो बनाउने कुरामा जोड दिएका थिए । कार्यक्रममा प्रधानमन्त्रीलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रतिक चिन्ह समेत प्रदान गरिएको थियो ।

???????????????????????????????
कार्यक्रमको सभापतित्व नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले गरेका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महत, राष्ट्रकवि माधवप्रसाद घिमिरे, वरिष्ठ संस्कृति विद् डा. सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा प्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान उपकुलपति शम्भूजीत बासकोटा, सदस्य सचिव गणेश रसिक, प्राज्ञ परिषद् सदस्यहरु र प्राज्ञ सभा सदस्यहरु थिए ।
कार्यक्रममा सभापतिको मन्तव्य व्यक्त गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बालबालिकाहरुको सांस्कृतिक चेतनालाई अभिवृद्धि गर्ने र देशप्रतिको भावनालाई जागृत गराउन यस प्रज्ञा प्रतिष्ठानले यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

???????????????????????????????
प्राज्ञ परिषद् सदस्य तथा कार्यक्रम संयोजक उन्नती बोहरा ‘शीला’ले देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेको बेला राष्ट र राष्ट्रियता विषयक बाल राष्ट्रिय गीत सम्मेलन आयोजना गरेको बताइन् । उनले भनिन्, ‘सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान जस्ता मान्यतालाई आत्मसात गरि आपसी समझदारी र सहमतिका साथ चुनौतीहरुको समाधान गर्न सक्नु पर्दछ । त्यही आधार र मान्यताहरुमा बिचलन आउन नदिई राष्ट्रको हितलाई सर्वाेपरी ठान्नु नै राष्ट्रियता हो र बालमनोविज्ञानबाटै यसलाई उजागर गर्नु आवश्यक भएकोले यस कार्यक्रमको आयोजना गरिएको हो ।’
कार्यक्रममा संस्थागत विद्यालयहरुको संगठनले प्रस्तुति एवं व्यवस्थापन गरेको थियो । कार्यक्रममा विभिन्न २० वटा विद्यालयले राष्ट्रियताको भाव झल्काउने गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली बीरका छोरा छोरी हौं, मेची कालीका, हाम्रो सानो मुटुमा संसार अटेको छ, हिमाल पहाड तराई, नेपाल हाम्रो देश, मेरो प्यारो देश, हिमालको छानो नेपाल नेपाल बोलका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा यो झण्डा, यो झण्डा, फर्की आउ शान्ति तिमी, यो नेपाली शीर उचाली संसारमा लम्कन्छ, जहाँ सुनका बाला झुल्छन्, जहाँ छन् बुद्धका आँखा बोलका गीतमा नृत्यहरु प्रस्तुत भएका थिए ।

Comments