फेसबुकबाटै बन्यो ‘चोट दिई खोट लाउँने…’ (भिडियो रिर्पोट)
screennepal
प्रकाशित: २०७२, १८ माघ सोमबार
no img

काठमाडौं । ‘चोट दिई खोट लाउने गर्दारहेछन् मान्छे…’ मर्म स्पर्शी यो गीत चर्चित गायक शिव परियारले बागबजारको एक स्टुडियोमा गाउँदै गर्दा भेटिए । तर, यस गीतका गीतकारचाहिँ  कोरिया थिए । यसलाई राजशुक्र लिम्बूले संगीत गरेका हुन् । स्टुडियोमा गायक शिव परियारसँगै संगीतकार राजशुक्र लिम्बू पनि सँगै थिए । तर, जुन गीतका लागि यी दुई हस्तीले मिहिनेत गरिरहेका थिए, तर, दुवैजनाले गीतकार कमल परियारलाई भेटेका छैनन् । फेस टु फेस चिनजान नभए पनि गीत गाउने अवसर भो प्राविधिकले जुराएका थियो ।

shiv

Shiv Pariyar, Singer

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका गीतकार कमलसँग संगीतकार राजशुक्रबीच फेसबुकमा चिनजान र कुराकानी भएपछि यो गीत बनेको रहेछ । ‘हाम्रो चिनजान फेसबुकमा मात्रै भएको छ’ स्टुडियोमा भेटिएका संगीतकार राजशुक्रले भने, ‘इन्टरनेटको जमानामा यस्तो पनि हुने रहेछ । उहाँले फेसबुकबाटै शब्द पठाएपछि यो कम्पोज गरेको हुँ ।’ म्याग्दीको पिप्लेमा जन्मे–हुर्केका कमललाई सानैदेखि गीत संगीतप्रति रुचि रहेछ । तर, त्यो रुचि उनी बल्ल यस गीतबाट पूरा गर्दैछन् ।

raj

Rajsukra Limbu, Singer/Musician

यसका संगीतकार राजशुक्रको भन्दा फेसबुकको ठूलो देन छ । यति फेसबुक नभएको भए, कमलको राजशुक्र र गायक शिव परियारजस्ता अब्बल संगीतकर्मीसँग काम गर्ने अवसर नजुर्न पनि सक्थ्यो । गीतकार कमलका लागि धन्य छ फेसबुक ।
संगीकार राजशुक्रका अनुसार यो गीत कमलले आफ्नो पहिलो एल्बममा समेट्दैछन् । उक्त एल्बमका लागि यो उनको पहिलो रेकर्डिङ गीत पनि हो । फेसबुकले जुराएको सम्बन्धबाट तयार भएको गीत सुनौ । गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments