नवौं ‘लिटिल मिस नेपाल’को तयारी
screennepal
प्रकाशित: २०७२, १७ माघ आईतवार
no img

काठमाडौं । ७ देखि १४ वर्ष उमेर समूहका स्कूल अध्ययनरत बालिकाहरुमा लक्षित ‘लिटिल मिस नेपाल–२०१६’ हुने भएको छ । बालिकाहरुको प्रतिभा प्रस्फुटन, आत्मविश्वास तथा नेतृत्वविकास क्षमताको अभिवृद्धि, व्यक्तित्वविकास, सामाजिकिकरण, स्टेज प्रस्तुतिकरणलगायत मुख्य प्रशिक्षण् सहित ई–प्लानेट प्रालिले ९औं संस्करणको ‘लिटिल मिस नेपाल’ आयोजना गर्ने भएको हो ।

2014_

लिटिल मिस नेपाल–२०१४ को फाइल तस्बिर

आगामी वैशाख महिनामा ग्राण्ड फिनाले तय गरिएको यस प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् । प्रतियोगिताका विजेता, फस्ट तथा सेकेन्ड रनर अप तथा अन्य योग्य र प्रतिभावान् चार जना बालिकाले बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बालबालिका सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ई प्लानेटको सुखद र सफल अनुभव रहेको छ । इप्लानेटमार्फत् लिटिल मिस वल्र्ड युनिभर्स २०१४ मा सहभागिता जनाएकी लिटिल मिस नेपाल २०१४ का विजेता दृष्टि दाहालले प्रतियोगिताको शिर्ष उपाधि चुम्न सफल भएकी थिइन् ।
यसैगरी ‘चिल्ड्रेन अफ द युनिभर्स’मा सहभागिता जनाएका रोजा पाण्डेले शिर्ष उपाधिसहित ‘पर्सनालिटी’, पराग काफले ‘ट्यालेन्ट अवार्ड’ तथा अनिसा थापाले ‘स्टार फष्ट रनरअप’ र दिव्यश्वरी भट्टराईले ‘सुपर ग्रेस फष्ट रनरअप अर्वाड’ जितेका थिए । यही क्रममा लिटिल मिस एण्ड मिष्टर युरोशिया २०१५ मा ईप्लानेट प्रा.लि. मार्फत् सहभागि भएकी दश वर्षिया समृद्धि थापाले फस्ट रनर अप तथा लिटिल मोडल २०१५को अवार्ड आफ्नो नाममा सुरक्षित राखेकी थिइन् भने ९ वर्षिया संयुक्ति थापाले प्रिन्सेस् अफ युरेशियाको अवार्ड हात पारेकी थिइन् । यसैगरी दश वर्षिया मेघिका काप्रीले भने टर्कीमा सम्पन्न लिटिल मिस एण्ड मिष्टर वल्र्ड २०१५ मा मोष्ट ट्यालेन्टेड विधाको अवार्ड जितेकी थिइन् ।

Comments