…जब ‘अलग अभियान’मा झुल्किए पहिचानवादी राजन
screennepal
प्रकाशित: २०७२, १७ माघ आईतवार
no img

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएका गायक हुन् राजन राई । गीत संगीतमार्फत नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने उनको मान्यता छ । एक समय जनवादी तथा प्रगतिशील गायकका रुपमा ख्याती कमाएका राजन हिजोआज पहिचानका गीतमा रमाउँदैछन् । उनै फरक सोच र धारणाका गायक शनिबार ‘अलग अभियान’मा झुल्किए, जहाँ उनले आफ्ना फरकधारका आधा दर्जन बढी गीत प्रस्तुत गरे । राजनको राजनको पहिचानवादी तथा मन्त्रमुध्न गायनमा रमाएका दर्शक/श्राताले एक घण्टा समय वितेको समेत पत्तै पाएनन् ।

rajan 1

‘अलग अभियान’ यस्तो कार्यक्रम हो, जहाँ प्रख्यात संगीतकर्मी तथा साहित्यिक व्यक्तित्वहरुलाई निम्ताइन्छ । केही समययता यो कार्यक्रम मासिक रुपमा सञ्चालन हुँदै आएको छ । यसैक्रममा माघ महिनाको संस्करणमा पहिचानवादी गायक राजनलाई निम्ताइएको कार्यक्रमका संयोजक नकिमा नकिमले बताए ।
ललितपुरको सात दोबाटोस्थित एक हलमा उपस्थित भएका राजनलाई साथ दिन थुप्रै हस्तीहरु सहभागी थिए । बरिष्ठ साहित्यकार लक्ष्मी माली, गायक कुबेर राईलगायतका संगीत तथा साहित्य हस्तीले राजनलाई लगातार सुनिरहे । लामो ग्यापछि स्टेजमा प्रस्तुत भएका राजन पनि दंग देखिन्थे । उनले भने, ‘धेरैपछि यहाँहरुलाई मेरो गीत सुनाउँन पाएँ । आज एकदमै खुसी छु ।’

rajan
कार्यक्रममा राजनले शिरैमा मेरो, कान थापेर सुनी देउ, मेट्न सक्दैनांै हाम्रो पहिचान, मन जलाउने सोख छैन, मरिन्छ कि बाँचिन्छ धान पो नाचिन्छ, तारा खस्यौललगायतका आफ्ना चर्चित तथा कालजयी जनवादी, प्रगतिशिल तथा पहिचानवादीसँगै आधुनिक गीतहरु प्रस्तुत गरेका थिए । राजनलाई स्वरमा गायिका आभा मुकारुङले साथ दिएकी थिइन् भने गिटारमा रोशन बान्तावा, बाँसुरीमा पावल थुलुङ, हारमोनियमा मण्डल साम्पाङ, तबलामा यमकुमार समाल, मादलमा रमेश खड्का र फोटोग्राफीमा सुक तुम्रोकले साथ दिएको कार्यक्रमलाई गायिका बबिना किराँतीले सञ्चालन गरेकी थिइन् ।

rajan 2
कार्यक्रमको अन्तिममा गायक कुवेर राईले ‘मायाले मूलबाटो भुलेछ’ र अर्को एक गीत गाएका थिए । साहित्य र संगीतको सिर्जनशील यो अभियानको मासिक शृंखला हरेक महिनाको तेस्रो शनिबार हुँदै आएको छ ।
संगीत तथा कलाकर्ममै तीन दशकभन्दा बढी बिताइसकेका राजनले चाँडै ‘स्वाभिमानका स्वर’ नाम गीति एल्बम ल्याउँदैछन् । यससँगै पहिचानमा आधारित चलचित्र ‘अन्र्तकथा’ निर्माण पनि उनले बताए ।

Comments