ब्रविमले सुसेल्दा चुरा बजाउँने को होलिन् (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १६ माघ शनिबार
no img

काठमाडौं । गायक तथा संगीतकार ब्रविम शेर्मा लिम्बूले सुसेलेर बोलाउँदा चुरा बजाउँने त्यो को होलिन् त ? यो कुरा ब्रविमले नै खुलाएका हुन् । उनले गीतमा भनेका छन्, ‘म बोलाउँछु सुसेलेर, उ बजाउँछिन् चुरा अचेल…’ । यो ब्रविमको नयाँ गीतको भिडियोको हो । ‘म बोलाउँछु…’ गीतमा गायक ब्रविमले एक युवतीसँग प्रेम आशक्ति पोखेका छन् । ब्रविमकै संगीत रहेको यस गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र घनेन्द्र नेम्बाङले अभिनय गरेका छन् । यो गीतको रचना भने विवश बलिभद्र कोइरालाले गरेका हुन् । हालै रिलिज गरिएको यस भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments