अनिलाको १४ गीतको ‘स्वरांकन’ ३० सेकेन्डमै हेरौं (प्रोमो)
screennepal
प्रकाशित: २०७२, १५ माघ शुक्रबार
no img

काठमाडौं । गायिका अनिला राईको सातौं एल्बम ‘स्वरांकन’ को प्रमोसन प्रोमो यु–ट्युबमार्फत सार्वजिनक गरिएको छ । एक दशकदेखि बेलायतमा बस्दै आएकी अनिलाले गएको महिनामा आधुनिक गीति एल्बम ‘स्वरांकन’ ल्याएकी हुन् ।

anila rai
एल्बममा १० जना संगीतकारको विभिन्न शैलीका १४ वटा गीत छन् । ति गीतमध्ये दुई गीतबाट यो प्रोमो तयार गरिएको छ । ३० सेकेण्डको यो प्रोमो सुनेर र हेरेपछि ‘स्वरांकन’ एल्बममा समेटिएको गीत र म्युजिक भिडियोको स्तरियता स्पष्ट हुन्छ । रुबुशा क्रियटिभ वर्कस्ले ‘स्वरांकन’ को अडियो बजारमा ल्याएको हो । यस एल्बममा संगृहीत ‘आँखाभरी…’ र ‘मेरो नजरभन्दा पर…’ गीतको भिडियो भने यु–ट्युब च्ँयानल सङ्स नेपालमार्फत रिलिज गरिएको छ । यी भिडियो अहिले विभिन्न टेलिभिजनबाट पनि प्रसारण हुँदै आएका छ । अनिलाको १४ गीतको ‘स्वरांकन’ ३० सेकेन्डमै हेरौं ।

https://www.youtube.com/watch?v=I-TMrOYkAo0

Comments