मुसहर बस्तीमा न्यानो बाँड्दै गायक हेमन
screennepal
प्रकाशित: २०७२, १४ माघ बिहीबार
no img

काठमाडौं । हालैमात्र ‘फर्माइस’ नामक गीति एल्बम ल्याएका गायक हेमन मोक्तान यतिखेर सर्लाहीको विभिन्न स्थानमा घुमिरहेका छन् । उनी फुर्सदमा यसरी गाउँ–गाउँ बरालिरहेका भने होइनन् । उनी शितलहर पीडितलाई न्यानो माया बाड्दै त्यहाँ पुगेका हुन् । गायक हेमनले केही वर्षयता निरन्तर तराईका शितलहर पपीडितलाई सहयोग गर्दै आएका छन् ।

heman
यस्तै, यस वर्ष पनि तराईमा हुने शीतलहरको क्षतिलाई कम गर्न मानव जीवन संरक्षण मञ्च र सफलता एचआईभी शिक्षा सदनका सस्थापक राजकुमार पुन सहकार्यमा उनी सर्लाहीको लालबन्दी नगरपालिका हरिभवनस्थित मुसहर डुम बस्तीका बिप्पन परिवरलाई न्यानो लत्ताकपडा बाँड्न त्यहाँ पुगेका हुन् । जहाँ दुई सयभन्दा बढी बालबालिका तथा वृद्धबृद्धालाई न्यानो लत्ताकपडा र कम्बल वितरण गरेको हेमनले बताए ।

heman 1
हेमन मानव जीवन संरक्षण मञ्चका अध्यक्ष पनि हुन् । गायनसँगै समाजसेवामा क्रियाशिल हेमनका अनुसार लत्ताकपडा वितरण कार्यक्रममा लालबन्दी नगरका बुद्धिजिवि, समाजसेवी तथा राजनितिज्ञ व्यक्तिहरुका पनि उपत्स्थिति थियो । हेमनले आफ्नो पछिल्लो एल्बम ‘फर्माइस’ को बिक्री वितरणबाट आएको आम्दानी सफलता एचआईभी शिक्षा सदनलाई प्रदान गर्ने बताएका छन्, जहाँ एचआईभी पीडित बालबालिका आश्रित छन् । उनीहरुलाई शिक्षा सदनले नै शिक्षा–दीक्षा पनि प्रदान गर्दै आएको छ ।

Comments