बेलायतमा रमाउँदै यी कलाकार
screennepal
प्रकाशित: २०७२, १४ माघ बिहीबार
no img

काठमाडौं । केही सातायता केही नेपाली कलाकार बेलायतमा छन् । उनीहरु त्यहाँको विभिन्न स्थानमा सांगीतिक कार्यक्रममा प्रस्तुती दिँदै आएका छन् । ब्रिटिस गोर्खा नेपाली परिषद ‘बिजएनसी’ को निम्तोमा बेलायत पुग्ने कलाकारमा नृत्य निर्देशक गोविन्द राई, चर्चित गायिकाद्वय इन्दिरा जोशी, सुनिता दुलाललगायत रहेका छन् । उनीहरुसँगै रहेका छिन्, चलचित्र ‘नागबेली’ की निर्मात्री रोमियन लिम्बु पनि । कार्यक्रमा रोमियनले नृत्य प्रस्तुत गर्दै आएकी छन् ।

sunita
नृत्य निर्देशक राईले बेलायत बसाइ अहिलेसम्मकै सबैभन्दा लामो भएको बताए । ‘बिजिएनसी’ ले  बेलायतको विभिन्न १३ स्थानमा कार्यक्रम गर्दैछ । जहाँ नेपालबाट गएका कलाकारका साथै त्यहाँ रहेका नेपाली कmलाकारले पनि आ–आफ्नो प्रस्तुति प्रदर्शन गर्नेछन् ।
अंग्रेजी नयाँ बर्षको प्रारम्भसँगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा ‘गोर्खा सांस्कृतिक साँझ’को आयोजना गरिरहेको छ । परिषदले विभिन्न अहिलेसम्म विभिन्न सात स्थानमा बृहत कार्यक्रम गरिसकेको छ । अब थप ७ स्थानमा कार्यक्रम तय गरिएको जनाइएको छ ।

gobinda
रेडिंगमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले पनि नेपालीको मन जित्न सफल भएका थिए । कार्कीले यी हल्लाहरु हुन् तिमीले सुनेका’लगायतका आफ्ना चर्चित गीत गाएका थिए । निर्मात्री तथा कलाकार रोमियन लिम्बुको जोडदार नृत्यले कार्यक्रममा दर्शक तताउन राम्रै सहयोग मिलेको थियो । ‘बेलायतमा बर्षौसम्म यस्तो ऐतिहासिक कार्यक्रमहरु भएको थिएन, धेरै नेपालीको मन जित्न सफल भएका छौं’, परिषदको कलाकार विभाग प्रमुख रोमियन लिम्बुले भनिन् ‘कार्यक्रमले नेपालीको मनलाई एकसुत्रमा बाँधेको छ ।’ माघ अन्तिम साता नेपाल फर्कने कार्यक्रम रहेको नृत्य निर्देशक राईले जानकारी गराएका छन् ।

Comments