मदनलाई ‘कान्छीको मुहारै राम्रो…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १३ माघ बुधबार
no img

काठमाडौं । गायक मदनकुमार राईलाई कुन कान्छीको सम्झना आयो कुन्नी ? हालैमात्र आधुनिक गीति एल्बम ‘तिर्खा’ निकालेर डेढ दशकपछि सांगीतिक प्यास मेटाएका मदनलाई कान्छीको तिर्सना लागेरै हो क्यारे ‘यो कान्छीको मुहारै राम्रो…’ उनलाई लाग्न थालेको छ । वास्तविक नभए पनि गायक मदनले आफ्नो गीतमा ‘यो कान्छीको मुहारै राम्रो…’ भन्दै कान्छीप्रति मोह जगाएका छन् ।

madan Kumar Rai

Madan Kumar Rai, Singer

गायक मदनले आफ्नो ‘तिर्खा’ एल्बममै समेटिएको ‘यो कान्छीको मुहारै राम्रो…’ बोलका् गीतलाई म्युजिक भिडियोमा ल्याएका हुन् । हिजोआज मदनको एल्बम ‘तिर्खा’ का गीत सुनेर श्रोता÷दर्शकले पनि सांगीतिक प्यास मेटाउँदै आएका छन् । उनका एल्बम ‘तिर्खा’ मा चार गीत छन् । जसमा ‘तिम्रो जस्तो दुईटा मुटु…’ र ‘गाउँकी गोरीले…’ बोलका गीतको भिडियो विभिन्न अनलाइन र टेलिभिजन च्यानलमा बजिरहेको छ । उनले यसअघि नै ‘कर्कलाको पानी जस्तो जीवन’ को भिडियो पनि दर्शकलाई पस्किसकेका छन् ।

यु–ट्युब तथा विभिन्न टेलिभिजनमार्फत सार्वजनिक गरिएका गीतमध्ये ‘कर्कलाको पानी जस्तो जीवन’ श्रोतामाझ लोकप्रिय बन्दै गएको छ । तर, गायक मदन भने नेपाल छैनन् । अबुधावीमा बसेर पनि आफ्नो सांगीतिक चाहना मेटाउँदै आएका मदनले भने, ‘इच्छा पूरा गर्न एल्बम ल्याएको हुँ । जसरी पनि इच्छा पूरा गर्दै गायकका रुपमा चिनिने मेरो लक्ष्य छ ।’ पक्कै पनि उनी गायकका रुपमा चिनिने छन् किनकि, उनले आफ्नो पहिलो एल्बम ‘तिर्खा’ भिसिडीमा ल्याए । जुन एल्बमका गीतहरु यु–ट्युबमा सजिलै हेर्न सकिन्छ । मदनको ‘तिम्रो जस्तो दुईटा मुटु…’ गीतको भिडियोलाई पनि श्रोता तथा दर्शकले रुचाएका छन् ।

madan

कतिले प्रतिक्रिया दिनेक्रममा गीत राम्रो भइकन पनि म्युजिक भिडियो सोचेजस्तो भएन भन्दै आएका छन् । यो कुरा गायक मदनले पनि स्वीकार्दै आएका छन् । उनले भन्दै आएका छन्, ‘हतारमा काम गर्दा यस्तै भयो । अबका दिनमा सोचेर काम गर्नेछु ।’ तर उनले यसो भनेपनि गायन र संगीतमा भने खाशै कमि छैन । ओमप्रकाश राईको एकल संगीत रहेको ‘तिर्खा’ का गीतहरु विभिन्न एफ रेडियोहरुमा पनि हिजोआज बजिरहेको छ । गीत सुन्नेहरुले रामै्र भनेका छन् । एक श्रोताले स्क्रीन नेपालसँग भने, ‘गायन त राम्रै छ । तिर्खाका गीतहरु जीवन उपयोगी छन् ।

संगीतमा पनि कुनै खाशै कमि छैन । तर भिडियो बनाउन हतार नगरिएको भए राम्रै हुनेथियाृे ।’ एल्बम ‘तिर्खा’ मा शेर्बा राईको शब्दरचना रहेको छ । सबै गीतका शब्दरचना जीवनमा भोगिने र देखिने यर्थातताभित्र समेटिएका छन् । विदेशमा बसेर सांगीतिक क्षेत्रलाई रोजेका कारणले होला, तिर्खाका केही गीत विदेशमा बस्ने नेपालीहरुले एकपटक सुन्नै पर्ने देखिन्छ । ‘तिम्रो जस्तो दुईटा मुटु…’ गीतमा आफ्नी प्राण प्यारी मायालुलाई छाडेर विदेश गएका प्रेमीप्रति चित्रित गरिएको छ ।

यस्तै,  ‘यो कान्छीको मुहारै राम्रो…’ गीतमा अल्लारे वैशमा जागृत प्रेमभावलाई उनिएको छ । यी गीतको भिडियो संगीतकार ओमप्रकाशले नै गरेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुुहोला ।

Comments