गोल्डेन आइडलमा ७१ छनोट
screennepal
प्रकाशित: २०७२, ११ माघ सोमबार
no img

पोखरा । गोल्डेन स्टार मल्टिमिडिया प्रालिको आयोजना रहेको गायन र नृत्यको रियालटी शो गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ का लागी ७१ प्रतियोगी छानौट भएका छन् । शनिबार पोखराको सभागृहमा आयोजित सुपर मेघा अडिसनबाट  यि प्रतियोगी छानिएका हुन् ।

golden
आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रालीका प्रबन्ध निर्देशक सरन गुरुङले सुपर मेगा राउन्डमा ४३ जिल्लाका उत्कृष्ट १० बिच स्पर्धा भएको जानकारी दिए । यो स्पर्धाबाट छानिन सफल प्रतियोगीले आगामी चैत्र २७ गते आयोजना हुने अन्तिम स्पर्धामा सहभागीता जनाउने छन् ।

golden 1
गायन र अभिनय प्रति रुचि भएका अवसरको खोजिमा रहेको युवा युवतीको क्षमता उचार गरी देशलाई गायन र अभिनयमा उत्कृष्ट ब्यक्ती दिने प्रतियोगीताको मुख्य उद्देश्य रहेको छ । २०७० मा पोखराको पन्थी गल्ली(सर्वेश्वर मार्गमा)रहेको गोल्डेन स्टार मल्टिमिडिया प्रालीले सुरु गरेको यो प्रतियोगीता हरेक हप्ता नेपाल टेलीभिजनबाट प्लसबाट ‘गोल्डेन आइडल’ नामबाट प्रसारीत ह“ुदै आएको छ ।
देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीताको निर्देशक रेनुका गुरुङ, कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्याबस्थापन सुशिल पोखरेल रहेका छन् । ‘गोल्डेन आइडल’ कार्यक्रम नेपाल टेलिभिजन प्लसको उत्कृष्ट कार्यक्रम मध्यको एक पनि हो ।

Comments