‘कायरा रन–वे फेशन शो’मा यी नायिका
screennepal
प्रकाशित: २०७२, ९ माघ शनिबार
no img

काठमाडौं । कायरा बुटिकले प्रत्येक वर्षझैं यो वर्ष पनि ‘कायरा रन वे फेशन शो’को आयोजना गर्ने भएको छ । बुटिकले आगामी माघ २३ गते राजधानीको सिटी सेन्टरमा चौथो संस्करणको फेशन शो गर्न लागेको हो । शोको इभेन्ट व्यवस्थापन बेटर ग्यालेक्सीले गर्नेछ ।

fashion
शोमा नेपालका चर्चित १० नायिका, १० मोडल तथा बालबालिकाहरुले -याम्प शो गर्नेछन् । बुटिककी प्रमुख रोजिना श्रेष्ठका अनुसार शोमा रिमा विश्वकर्मा, निता ढुंगाना, वेनिशा हमाल, वर्षा राउत, वर्षा शिवाकोटी, सम्पदा बानिया, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का र छुल्ठिम गुरुङलगायतले -याम्प नाप्नेछन् । ‘चौथो संस्करणमा आईपुग्दा हामीले तीनवटा संस्करण नेपालमा र एउटा संस्करण हङकङमा सफलताका साथ सम्पन्न गरिसकेका छौं,’श्रेष्ठले भनिन्,‘आगामी वर्ष चाहिँ लण्डनमा शो गर्ने योजनामा छौं ।’

fashion 2
शोका कोरियोग्राफर तथा बेटर ग्यालेक्सीका प्रमुख धिरज तण्डुकारको कोरियोग्राफीमा नायिका, मोडल तथा बालबालिका ¥याम्पमा देखिनेछन् । धिरजका अनुसार मोडलहरु साडी, लेहेंगा र डिजाइनिङ सिक्वेन्समा ¥याम्पमा उत्रने छन् भने नायिका तथा बालबालिकाहरु मिक्सम्याक्स सिक्वेन्समा देखिनेछन् ।
कार्यक्रममा मन्त्र व्याण्डको लाइभ प्रस्तुति रहनेछ भने गायकद्वय युवराज चौलागाई र बादल प्रसाईले गीतमार्फत र कमेडियन महादेव त्रिपाठीको हाँस्य प्रस्तुति हुनेछ । गायन र कमेडीबाहेक नृत्यांगना रश्मी तामाङले पनि कुशल नृत्य प्रस्तुत गर्नेछिन् ।
तस्वीर : सत्यन श्रेष्ठ

Comments