शिवको करिअरले यसरी लियो ‘टर्निङ प्वाइन्ट’ (भिडियो वार्तालाप)
screennepal
प्रकाशित: २०७२, ९ माघ शनिबार
no img

– एमपी सुब्बा

काठमाडौं । पछिल्लो समयका व्यस्त र चर्चित गायक हुन् शिव परियार । यतिखेर शिव गीत रेकर्डिङका अलावा सांगीतिक टुरमा भ्याई–नभ्याई छन् । हालैमात्र युरोप टुरबाट नेपाल फर्केका शिव यतिखेरै आफ्नो ११औं एल्बम ‘सिवालय’ को तयारीमा समेत जुटेका छन् । ०६२ सालतिर ‘फेवातालमा साइँली…’ बोलको गीत हिट भएपछि एकाएक गायनमा चम्किएका शिव भन्छन्, ‘त्यसपछि त मेरो अधिकांश गीत सफल हुँदै गए ।’

shiv pariyar

Shiv Pariyar, Singer

‘क्या दामी भो’ ‘अलिकति नजर झुकाएर आऊ’, ‘पागल बनायौ प्रिये’ जस्ता गीत हिट भएसँगै शिवको गायनले ‘टर्निङ प्वाइन्ट’ लिएको हो । नेपाली सांगीतिक क्षेत्रमा विशेषगरी ‘गजल गायक’ का रुपमा चिनिएका शिव भन्छन्, ‘क्या दामी भो’ गीत हिट त भएपछि गायन करिअरमा मात्र नभई मेरो जीवनमा आर्थिक रुपमा समेत टर्निङ प्वाइन्ट लियो ।’
गायक शिवका दर्जनौ गीत छन्, जो अधिकांश श्रोता/दर्शकले रुचाएका छन् । त्यसमा पनि उनले गाएका गजलहरु बढी लोकप्रिय छन् । त्यसैले पनि श्रोताले शिवलाई गजल गायकका रुपमा बढी लिने गरेका छन् । यो कुरा उनी स्वीकार्छन् पनि । शिव भन्छन्, ‘श्रोताले दिएको ट्यागलाई म स्वीकार्छु । तर, म गजल मात्र गाउँदिनँ, सबै किसिमका गीत गाउँछु ।’ ‘नारायण गोपाल युवा संगीत सम्मान’ समेत पाइसकेका शिव यतिखेर आफ्नो संघर्षका दिनहरु पनि सम्झिन चाहन्छन् । उनी भन्छन्, ‘जतिखेर गायक बन्न गाउँबाट सहर छिरेँ, ती दिनहरु मेरा लागि स्मरणीय लाग्छ । अझ श्रोता÷दर्शकको माया मिल्दै गएपछि त विगतका कुराले पनि छुँदै लानेरहेछ ।’
गायक शिवका लागि सन् २०१५ निकै लाभदायिक भएको थियो । तर, उनी त्यो भन्दा बढी २०१६ लाई लाभदायिका बनाउने प्रयत्नमा छन् । २०१५ मा राजधानीमा घर जोडेका शिव भन्छन्, ‘२०१५ मै मेरो दुईपटक युरोप टुर भयो, यसै वर्र्ष घर किनेँ । तर, २०१५ मै दुर्घटनाबाट बालबाल बच्च पनि सफल भएँ । त्यसैले मेरा लागि आधा एकदमै सफल र आधा वर्षचाहिँ असफल जस्तै भयो ।’ यो २०१६ माचाहिँ आफ्नो ११औं एल्बम ‘सिवालय’ रिलिज गर्ने उनको सोच छ । यससँगै एकपटक पुनः नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाउने योजना शिवको छ । यसबाहेक शिवले केके योजना बनाएका छन् त ? सुनौ उनीसँग मनोरञ्जन नेपाल र स्क्रीन नेपालले गरेको भिडियो कुराकानी :

Comments