सुनिताले ल्याइन् ‘रमाइलो पोखरा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ८ माघ शुक्रबार
no img

काठमाडौं । लोकगायिका सुनिता गुरुङको अडियो तथा भिडियो लोक गीति एल्बम ‘रमाइलो पोखरा’ सार्वजनिक गरिएको छ । एल्बमको उत्पादक संस्था निर्भाना कला केन्द्रद्धारा पर्यटकिय रेष्टुरेण्ट ठमेल हाउसमा आयोजित एक समरोहबिच उक्त सिंगल ट्रयाक ‘रमाइलो पोखरा’को अभिनेत्री गौरी मल्ल र अभिनेता रमेश उप्रेतीले संयुक्त रुपमा विमोचन गरेका थिए ।

sunita
अतिथिद्धय मल्ल र उप्रेतीले एल्बमको विमोचन गर्दै पोखरालाई  लिएर थुप्रै गीत बनेर चले पनि यो लोकभाका विशेष रहेको चर्चा गरे । आयोजक कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्व तथा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, निर्वतमान अध्यक्ष विदुर गिरी, निर्माता निर्देशक निर्मल शर्मा, निर्माता तथा अभिनेता केशव भट्टराई, निर्माता तथा वितरक गोपाल कायस्थ, नेपाली कला संगमका सल्लाहकार सुदर्शन महर्जनको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सार्वजनिक एलबम र त्यसको अडियो तथा म्युजिक भिडियोको चर्चा गर्दै अभिनेत्री मल्लले लोकभाका शास्त्रीय संगीतभन्दा पनि महत्वपूर्ण रहेको र विदेशीले समेत यो विधाको गीत गाउनलाई कठिन मान्ने गरे पनि स्वयं नेपालीले भने यसलाई हेर्ने दृष्टिकोणमा बदलाव ल्याउनुपर्ने बताइन् ।
त्यसैगरी अर्का प्रमूख अतिथी अभिनेता उप्रेतीले आफु सबै विधाको गीतबाट आकर्षित हुने गरे पनि लोकभाकाले अझ बढी आकृष्ट गर्ने खुलाए। मल्ल र उप्रेती दुबैले गायिका गुरुङको स्वरमा मिठास रहेको चर्चा गर्दै लोक तथा दोहोरी गीत गायनमा निरन्तरता दिन सुझाए। त्यसै गरी सार्वजनिक गीतका शव्द रचनाकार तथा लयकर्ता चर्चित लोक गायक मिलन लामाले गायिका गुरुङको गायकीको प्रशंषा गर्दै लोक गायनको क्षेत्रमा उनको भविष्य उज्ज्वल रहेको बताए। लोक गायक लामाले गायिका गुरुङको यो पछिल्लो एलबमले नेपाली चलचित्र जगत् र लोक संगीतलाई एक आपसमा जोड्ने काम गरेको समेत बताए। त्यसै गरी संगीतकार तथा रेडियो नेपालका उप निर्देशक टीका भण्डारीले रेडियो नेपालमा गायिका गुरुङलाई प्रशिक्षण दिने बेलामै आफुले उनीको स्वरमा स्तरियता भेटेको चर्चा गर्दै यो गीतले उनलाई माथि लानेमा विश्वास व्यक्त गरे।

ssss
त्यस्तै, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले शब्द रचना, लय र स्वर तीनै पक्षका कारण एलबममा रहेको गीत शसक्त बन्न पुगेको बताए भने गायिका गुरुङले सबै विधाको गीत गाउन सक्षम भए पनि पहिलो प्राथमिकता लोकभाकालाई दिँदै आएको खुलाइन्। कार्यक्रममा नेपाली कला संगमका सल्लाहकार तथा गायिका गुरुङका पति सुदर्शन महर्जनले पत्नीकै रुचिका कारण आफु पनि संगीत क्षेत्रमा समाहित भएको र कला संगममार्पmत नेपाली गीत संगीतको उत्थानका लागि विभिन्न कार्यक्रम गर्दै आएको जनाए भने सभापति रमेश श्रेष्ठले आप्mनो कला केन्द्रले व्यावसायिक नाफा घाटा नहेरी लोक संगीतको क्षेत्रलाई माथि उकास्न यस विधाको एलबम र गीतहरु उत्पादन गरिरहेको बताए।
कार्यक्रममा एलबका सर्जक तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने नेपालका विभिन्न क्षेत्रका मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो। सार्वजनिक एलबममा गायिका गुरुङलाई गायनमा जीवन परियारले साथ दिएका छन्। कार्यक्रममा विमोचित लोकगीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। भिडियो रमेश श्रेष्ठको निर्देशनमा बनेको हो भने कोरियोग्राफी विजय थापा, छायांकन सुदिप बराल, सम्पादन पवन सिंखडा तथा नृत्य विजय थापा र गायिका सुनिता गुरुङको रहेको छ।
गीत संगीतमा लाग्ने सानैदेखिको चाहना भए पनि २ वर्षअगाडि ०७० सालमा रेडियो नेपालमा प्रभुराज ढकालबाट छ महिना शास्त्रीय संगीतको तालिम लिएपछि सुनिता गायन क्षेत्रमा अगाडि आएकी हुन्। रेडियो नेपालकै रामबहादुर जिम्बाद्धारा रचित र संगीतबद्ध पूर्वेली गीत चुल्ठी केशमा गुराँस सिउरेर गाएसँगै साँगीतिक क्षेत्रमा सक्रिय हुन पुगेकी सुनितालाई लोकलयमा कुलको छोरी, नाचँु नाचुँ छमछम, वनारसी साडीजस्ता गगीतले यो क्षेत्रमा स्थापित बनाएको छ।

Comments