भूकम्पपीडितको सयोगार्थ नर्लिङमा मिलन र प्रतापले गाउने
screennepal
प्रकाशित: २०७२, ५ माघ मंगलवार
no img

काठमाडौं । २०७२ सालमा बैशाख १२ गते गएको बिनासकारी भूकम्पले दुर्गम ठाउँमा बस्ने थुप्रैलाई नराम्रोसँग असर पारेको छ । कैयौँ परिवारले सास्ती र दुःखको बेहोर्नु परेको छ । यो दुःखमा साथ दिन समाजका केही संघसंसस्था निस्वार्थ रुपमा लागि परेका छन् ।

milan

यसै क्रममा १७ माघमा राजधानीको दरबारमार्गस्थित नर्लिङ गजलमा ‘मानवताका पाईला’ नामक अभियानले नुवाकोट छाप गाबिसका भूकम्पपीडितलाई सहयोग गर्न सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गायिका मिलन अमात्य र नेपाली तारा सिजन तीनमा प्रताप लामाले आफ्नो  प्रस्तुत दिने भएका छन्  । १७ माघ आईतबार साँझ हुने कार्यक्रममा मिलन र प्रतापसँगै अन्य बिभिन्न कलाकारको पनि उपस्थिति रहने कार्यक्रम संयोजक नबिन कोइरालाले बताए । कार्यक्रमबाट उठेको सम्पूण रकम छाप गाउँ, नुवाकोटका सर्वसाधारणलाई राहातस्वरुप प्रदान गरिने जनाइएको छ ।

Comments