पुजालाई ‘टिन स्टार’ उपाधि
screennepal
प्रकाशित: २०७२, ४ माघ सोमबार
no img

काठमाडौं । मर्निङ ग्लोरी नेपालले पछिल्लो चोटी आयोजना गरेको ‘टिन स्टार नेपाल–२०१६’ र ‘लिटिल च्याम्प’ को उपाधि पुजा गुप्ता र क्रिष्टल राईले जितेका छन् । पुजा ‘टिन स्टार’ र क्रिष्टलले ‘लिटिल च्याम्प’ उपाधी जितेका हुन् । यस्तै, प्रतियोगितामा फस्ट रनरअपको ताज हिसिला महर्जनले जितेकी छन् । उनले मोस्ट ट्यालेन्टको उपाधीसमेत हात पारिन् ।

teen
पुजा गुप्ताले ‘टिन स्टार नेपाल–२०१६’ को ताज सहित, मोस्ट हेलफुलको उपाधिसमेत आफ्नो पोल्टामा पार्न सफल भइन् । उता, क्रिष्टल राईले भने ‘लिटिल च्याम्प–२०१६’ ताजसँगै बेस्ट हेयर र मोस्ट ट्यालेन्टको उपाधि पनि हात पारिन् ।
विजेताहरुलाई कार्यक्रमका अतिथि वरिष्ठ चलचित्र अभिनेता तथा निर्देशक नीर शाह, अभिनेत्री श्वेता खड्का (श्रेष्ठ), नृत्य निर्देशक बसन्त श्रेष्ठ र आयोजक मर्निङ ग्लोरी नेपालकी अध्यक्ष मोहना क्षेत्री खनाल साथै निर्णायकहरु गायिका सुनिता प्रधान लिम्बु, रशिला शाक्य सुवाल, शुभेक्षा खड्का (मिस नेपाल इन्टरनेशनल २०१२), चलचित्रकर्मी प्रतिमा श्रेष्ठले ताज र ट्रफी प्रदान गरेका थिए ।

teen `1
प्रतियोगितामा मोस्ट ट्यालेन्ट र मोस्ट एक्टिभको उपाधि आरती गुप्ताले हात पार्दा मलाइका मगरले बेस्ट ड्रेस र बेस्ट स्माइलको उपाधि आफ्नो हातमा पारेकी छन् । त्यस्तै मोस्ट एक्टिभ रोहित श्रेष्ठ, मोस्ट ह्यान्डसम श्रेयश न्यौपाने, बेस्ट क्याटवाक विपना, बेस्ट फोटोजेनिक, सुप्रिया नेपाल, बेस्ट कपाल, दिपशिका, बेस्ट डिसिप्लेन सुमना अधिकारी, मोस्ट फ्रेन्डली अलिना तुलाधरले हात पारेका छन् ।
लिटिल च्याम्प २०१६ को सब टाइटलमा श्रीया प्रधान मोस्ट चार्मिङ, मनानी देउ बेस्ट आखा, नइनान्स घले बेस्ट फोटोजेनिक, सचिन लामिछाने मोस्ट ह्यान्डसमको उपाधि जितेका छन् ।

Comments