मिनुश बनिन् नयाँ ‘मिस नर्स’
screennepal
प्रकाशित: २०७२, ३ माघ आईतवार
no img

काठमाडौं । मिनुश कायस्थ यस वर्षकी मिस नर्स बन्न सफल भएकी छन् । नर्सिङ पेशामा आबद्ध युवती लक्षित ‘युनिक्याम्पस मिस नर्स नेपाल’ मा आफ्ना स्पर्धीलाई पपछि पार्दै मिनुश ‘मिस नर्स–२०१६’ बनेकी हुन् । प्रतियोगिताको यस तेस्रो संस्करणको ग्राण्ड फिनाले शनिबार सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा भएको थियो । नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित प्रतियोगितामा सृष्टि राउत फस्ट रनरअप र लक्ष्मी रिजाल सेकेन्ड रनरअप भए ।

miss1

डा.सन्ध्या चापागाई प्रमुख निर्णायक रहेको सो प्रतियोगितामा डा. लोचन कार्की, पूर्व मिस नेपाल उषा खड्गी, ग्ल्यामर फाटोग्राफर राजभाई सुवाल, फेसन कोरियोग्रफर प्रशान्त ताम्राकार, चलचित्र निर्माता सुनिल रावलको निर्णायक प्यानल रहेको थियो । कार्यक्रम पाटन एकेडेमी अफ हेल्थ एण्ड साइन्सेस्का डीन डा. सृजना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बी मानव आर्ट ग्रुप तथा निशा पोमोको आकर्षक नृत्य प्रस्तुति रहेको थियो ।

miss1

कार्यक्रममा दिव्या भण्डारी ब्युटी विथ ब्रेन, नयुमा राई वेष्ट पर्सनालिटी, वर्षा कार्की वेष्ट वाक, सुवी लामा वेष्ट नर्सिङ थीम ड्रेस, सम्झना श्रेष्ठ मोस्ट पपुलर, स्वेता थापा पब्लिक च्वाइस, रिया देउला मोस्ट डिसिप्लीन उपाधिका विजेता घोषित भएका थिए । यसैगरी सृष्टि राउत मोस्ट ट्यालेन्ट, सपना घर्तीमगर वेष्ट स्माइल, अनुशा राजभण्डारी मोस्ट चार्मिङ, पूजा तामाङ वेष्ट स्कीन, प्रिमा मानन्धर वेष्ट हेयर, रमा श्रेष्ठ मोस्ट फोटोजेनिक, कृपा श्रेष्ठ सोसियल्ली रेस्पोन्सिबल नर्स, सुष्मा श्रेष्ठ मोस्ट फ्रेन्ड्ली, स्तुति सिंह राठौर मोस्ट बब्ली तथा वर्षा राना मोस्ट ब्युटिफुल चयन भएका थिए ।

अभिशेष मास्के तथा शिलु जैन अफिसियल फोटोग्राफर रहेको सो प्रतियोगिताले नर्सहरुको क्षमता अभिवृद्धि गरी उनीहरुलाई अझ व्यवसायिक बनाउने लक्ष सहित सो प्रतियोगितालाई विगत दुई वर्ष देखि निरन्तरा दिंदै आएको कुरा आयोजक संस्थाका अध्यक्ष रवि धमलाले जानकारी दिए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र आगामी दिनहरुमा अझ बृहत् र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता संस्थाकी निर्देशक यतना पाण्डेले व्यक्त गरिन् ।

कार्यक्रममा प्रतियोगिता आयोजनाबाट उठेको आर्थिक हिस्साको केही प्रतिशत सामाजिक उत्तरदायित्व अनुरुप भक्तपुरको गोठाटारमा रहेको सृजनशील बाल कल्याण केन्द«को सहयोगार्थ हस्तान्तरण गरिएको थियो । सो संस्थामा आश्रित बालबालिकाहरुको स्वास्थ्य उपचारमा समेत नेक्स्ट मोडल नेपालले योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Comments