बानेश्वरमा आशाको बुटिक (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ३ माघ आईतवार
no img

काठमाडौं । फेसन पारखीका लागि खुसी खबर छ । आधुनिकतासँगै फेसन पारखीहरुको बृद्धिले राजधानीको गल्ली–गल्लीमा बुटिकहरु सञ्चालनमा आउन थालेका छन् । यसै भीडमा अर्को बुटिक थपिएको छ । राजधानीको नयाँ बानेश्वरमा ‘शदेस’ नामक बुटिक थपिएको हो । उक्त बुटिकको शनिबार अभिनेत्री रजनी केसी र गायक हेमन मोक्तानले उद्घाटन गरे । उक्त बुटिक फेसन डिजाइनर आशा गिरिले सञ्चालनमा ल्याएकी हुन् ।

IMG_3290
कार्यक्रममा फेसन डिजाइनर तथा बुटिक सञ्चालक आशाले एक वर्षको डिजाइनर कोर्ष लिएर बुटिक सञ्चालनमा ल्याएको बताइन् । ‘शदेस’ विशेषगरी नारीहरुका लागि हो, जहाँ लेहेंगा, सारी, कुर्था सुलवारलगायत लेडिज वेयरहरु चाहेजस्तो पाइने आशाले बताइन् । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरतिर करिब ३ मिटर दुरीमा सञ्चालनमा आएको यस बुटिकले फेसन पारखीका चाहनालाई पूरा गर्ने विश्वास सञ्चालकको छ ।

IMG_3285

IMG_3259

IMG_3270

Comments