‘कसैलाई नभन्नु’ को अडियो सार्वजनिक (प्रोमोसहित)
screennepal
प्रकाशित: २०७२, १ माघ शुक्रबार
no img

काठमाडौं । रिलिजको तयारीमा रहेको चलचित्र ‘कसैले नभन्नु’ को अडियो तथा प्रोमो सार्वजनिक गरिएको छ । यो चलचित्र २२ माघबाट रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा प्रमोसनकै क्रममा अडियो सार्वजनिक गरिएको हो । राजधानीमा एक कार्यक्रमबीच चलचित्रकै कलाकारले अडियो रिलिज गरेका थिए ।
चलचित्रमा कसैलाई नभन्नु, आँखा वरिपरी, आजभोली र चम्पाकली बोलका गीत रहेका छन् । जसमा प्रमोद खरेल, मानिका विसी, शिव परियार र रेश्मा पुनको स्वर रहेको छ भने रामचन्द्र श्रेष्ठ, उदय बोहोरा र भीम विसीको शब्द तथा संगीत रहेको छ ।

audio

अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रको निर्देशन मन्दिप रानाले गरेका हुन् । उनले यस चलचित्रलाई ‘अन्तरजातीय म्युजिकल लभस्टोरी’ भनेका छन् ।
शिवहरि रेग्मी निर्माता रहेको यस चलचित्रमा द्वन्द्व जनक गुरुङ, संगीत रामचन्द्र श्रेष्ठ र भीम बिसी, छायांकन राहुल राई तथा नृत्य निर्देशन दीलिप ओखडाको रहेको छ । चलचित्रमा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय रहेको छ । यस चलचित्रलाई वितरण करण श्रेष्ठ ‘क्रेजी’ले गर्दैछन् । चलचित्रको ‘चम्पाकली’ बोलको गीतमा निरामिकाले हट आइटम डान्स गरेकी छन् ।

https://www.youtube.com/watch?v=RfbWGT1MIME

Comments