चौतारी साँझमा पञ्च लामाको बासुरी गुञ्जने
screennepal
प्रकाशित: २०७२, १ माघ शुक्रबार
no img

काठमाडौं । आफ्नो चौतारी व्याण्डमार्फत जापानमा नेपाली सांगीतिक धुन प्रस्तुत गर्दै आएका पञ्च लामा र श्रबण लामाको साँगीतिक साँझ ‘चौतारी साँझ–२०७२’ आगामी ३ माघमा काठमाडौंको जमलस्थित साँस्कृतिक संस्थान नाचघरमा प्रस्तुत गर्ने भएका छन् ।उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न विशिष्ट अतिथिसामु यी दुई कलाकारले तबला, बाँसुरी, गिटारलगायतको धुन प्रस्तुत गर्नेछन् ।

कार्यक्रम बारे राजधानीमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा साँस्कृतिक सँस्थानका महाप्रबन्धक राजेश थापाले भने,‘नेपाल र जापानमा मात्र नभएर अन्य मुलुकमा समेत बाँसुरी बादनमा आफ्नो परिचय बनाउनु भएका पञ्च लामाको सम्मानमा उहाँको साँगीतिक कार्यक्रम चौतारी साँझ–२०७२ आयोजना गर्न लागेका हौं ।

???????????????????????????????

जापानको चलचित्रहरुमा समेत पाश्र्वसँगीत दिईसकेका यस्ता कलाकारलाई नेपालमा निम्त्याएर हामीले सो कार्यक्रम गर्न लागेका हौं ।’ साँगीतिक साँझमा पञ्च लामाले बाँसुरी बादन, श्रबण लामाले तबला, जापानी नागरिक तेराकादो मिचुगुले गिटार र शम्भु बानियाँले परकसन बादन प्रस्तुत गर्ने पनि महाप्रबन्धक थापाले जानकारी गराए । थापाका अनुसार डेढ घन्टाको सो कार्यक्रममा पञ्चको साँगीतिक समुहले १६ ओटा विभिन्न साँस्कृतिक मौलिक धुनहरु प्रस्तुत गर्नेछन् । यो साँगीतिक कार्यक्रमका लागि तीन सय भन्दा बढी शास्त्रीय सँगीतका विधार्थीले टिकट बुक गरिसकेको थापाले बताए । चौतारी साँझमा प्रबेश निशुल्क राखिएको पनि उनले जानकारी गराए ।
हरिवन ५ सर्लाहीका पञ्च र श्रबण बिगत २२ वर्ष देखि जापान बस्दै आएका छन् । सलौही घुर्कौलीमा रहेको द्धन्द्ध पीडित बालगृहलाई सहयोग गर्न र आफन्तसँग भेटघाट तथा साँगीतिक साँझ प्रस्तुतिका लागि तीन साताको बिदा लिएर नेपाल आएको बाँसुरीबादक पञ्चले जानकारी गराए  । द्धन्द्ध पीडित बालबालिकालाई अध्ययन, बासोबासको व्यबस्था गर्दै आएका पञ्चले सो बालगृहलाई यस अघि डेढ दशक यताबाट २ करोड २७ लाख सहयोग गरिसकेको उनले बताए । आफुले जापानमा गरेको साँगीतिक कार्यक्रमबाट उठेको रकम मध्यबाट सो गृहलाई यस पटक १८ लाख रुपैयाँ प्रदान गर्ने पनि उनले जानकारी गराए ।
नेपालको तर्फबाट बिश्व बाँसुरी सम्मलेनमा प्रस्तुति दिईसकेका पञ्चले सिमसिमे पानीमा…, चोट केहो व्यथा केहो…, माथि माथि सैलुँगेमा…जस्ता सैयौं चर्चित गीतसँगीतमा बाँसुरी धुन दिईसकेका छन् ।

Comments