हङकङबाट उदायो सांगीतिक समुह ‘कन्दरा’
screennepal
प्रकाशित: २०७२, ३० पुष बिहीबार
no img

काठमाडौं । लोकप्रिय गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जित्न सफल सांगीतिक समुह ‘कन्दरा’ ले हकङकबाट सांगीतिक कार्यक्रमको यात्रा थालनी गरेको छ । मर्दी खोला सेवा समितिले हङकङमा आयोजना गरेको ‘मर्दि हिमाल सा“झ–२०१६’ मार्फत कन्दराले आफ्नो सेकेण्ड इनिङ प्रँरम्भ गरेको हो ।
हङकङकमो युङलुङ थिएटरमा हालै सम्पन्न कन्सर्टमा ‘कन्दरा’ ले करिव १८ वर्षपछि पहिलो पटक सम्पूर्ण ब्याण्डको एकल लाइभ शो प्रस्तुत गरेको हो । करिव तीन घण्टासम्म सञ्चालन भएको कन्सर्टमा कन्दराले उपस्थित दर्शकको मन जित्न सफल भएको आयोजकको दावी छ ।

Kandara

कन्दराका गायक विवेक श्रेष्ठ तथा सहकर्मी संगीतकर्मीहरुले स्व.गोपाल योञ्जनप्रति समर्पित राष्ट्रिय गीत गाउ“दै कन्सर्टको थालनी गरेका थिए । कार्यक्रममा कन्दराले आफ्ना सदाबहार लोकप्रिय गीतहरु प्रस्तुत गरिरह“दा दर्शकदीर्घाले समेत उनीहरुलाई साथ दिएका थिए । कन्सर्टमा कन्दराले ‘हङकङ पोखरा’, ’छेक्यो छेक्यो देउराली डा“डा’, ‘तिमी पारी त्यो गाउ“मा’ सहितका गीत प्रस्तुत गरेर दर्शकको मन जितेको थियो । लोक पप तथा आधुनिक शैलीका  गीतमार्फत पृथक छाप छोड्न सफल कन्दरा समुह अब सक्रियतासाथ संगीतकर्ममा होमिने कन्दराका गायक विवेक श्रेष्ठले स्पष्ट पारेका छन् ।

Kandara 1

पछिल्लो समय कन्दरा आफ्नो नया“ एल्बम सार्वजनिक गर्ने अन्तिम तयारीमा छ । एल्बम सार्वजनिक गर्नुअघि कन्दराले विदेशमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने निम्तो पाएको हो । हङकङपछि कन्दराले दक्षिण कोरिया, मलेशिया तथा अष्ट्रेलियामा लाइभ कन्सर्ट प्रस्तुत गर्दैछ ।

Comments