राजशुक्रको संगीतमा प्रमोदले ‘कस्तो माया लाएछन् त ?’ (फिचरभिडियो)
screennepal
प्रकाशित: २०७२, ३० पुष बिहीबार
no img

काठमाडौं । नेपाली सुगमसंगीतमा चर्चित नाम हो, प्रमोद खरेल । प्रमोदका थुप्रै लोकप्रिय गीत छन् ।
यिनै श्रोताका लोकप्रिय गायक प्रमोदले संगीतकार तथा गायक राजशुक्र लिम्बूको संगीतमा एक गीत गाएका छन् । हामी स्टुडियो पुग्दा उनी गाउँदैथिए, ‘कस्तो माया लाएँ मैले’ । गीत निकै मर्मस्पर्शी लाग्यो । एचके स्टुडियो बागबजारमा रेकर्डिङ गरिएको यस गीतको रचना गीतकार कुमार आङ्देम्बे ‘अबि’ले गरेका हुन् । अबिले आफ्नो एल्बम ‘संयोगवस’ का लागि यो गीत तयार गरेका हुन् । रोजगारीको सिलसीलामा हाल इजरायलमा रहेका अबि गीतको शब्दमा निकै डुबेका छन् ।

pramod
गीतको शब्दअनुसार राजशुक्रले संगीत सिर्जनामा पनि उत्तिकै मिहिनेत गरेका छन् । संगीतकार राजशुक्रको मिहिनेतलाई गायक प्रमोदले आफ्नो माधुर्य स्वरले गजबले खिप्दैथिए । गीतमा भावनात्मक प्रेमको अर्थ खोजिएको छ । सुनौं–सुनौं लाग्ने यस मर्मस्पर्शी गीत रेकर्डिङको रिर्पोटिङ यु–ट्युब च्यानल मनोरञ्जन नेपाल र अनलाइन म्यागजिन स्क्रीन नेपालका लागि गरिएको हो । गीत कस्तो बन्यो, एकपटक सुनौं न त … ।

Comments