कोपिलाको ‘पुतली मोह’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २९ पुष बुधबार
no img

काठमाडौं । कोपिलालाई पुतली कि पुतलीलाई कोपिला ! अहिले यो कुरा छाडौं । यहाँ प्रस्तुत गर्न लागिएको चाहिँ कोपिलालाई पुतली हो । लोकदोहोरी तथा आधुनिक गीत गायनसँगै मोडलिङमा रमाउँदै आएकी कोपिला गुरुङ पुतली नामबाट हुरुक्कै छिन् । सयको हाराहारीमा मोडलिङ गरिसकेकी  उनले आफ्नै लगानीमा ‘पुतली’ नामक गीतको हालै सार्वजनिक गरिन् । जहाँ उनले आफू वास्तवमै पुतली भएको बताइन् । कार्यक्रमका अवसरमा उक्त गीतमा मोडलिङसमेत रहेकी मोडल कोपिला गुरुङले भनिन्, ‘आफूलाई घरमा पनि पुतली भनेर बोलाउने गरेको हुँदा यो गीतले मलाई नै भन्न खोजेको जस्तो लाग्यो र मैले लगानी गरेको हुँ ।’

kopila

आधा दर्जनभन्दा बढी लोकदोहोरीमा स्वर दिइसकेकी मोडल कोपिलाले सयको हाराहारीमा मोडलिङ पनि गरिसकेकी छन् । हेर्दा पनि पुतलीजस्तै देखिने कोपिलालाई यो गीतमा पनि राम्रो सुहाएको भिडियो हेरेपछि धेरैको प्रतिक्रिया मिलेको थियो ।
त्यस्तै लोकदोहोरीमा आफ्नो पहिचान बनाइसकेका गायक प्रेम अर्याल पछिल्लो समयमा चलचित्र, पप एवं आधुनिक शैलीका गीतहरुमा सक्रिय छन् । भर्खरै बजारमा सार्वजनिक भएको आधुनिक पप शैलीको डान्सिङ गीतका बारेमा उनले पत्रकारहरुको भेटघाटमा भने – ‘मोडल कोपिलालाई नै हेरेर मैले यो गीत लेखेको हुँ, जसरी एल्बमको नाम पुतली राखिएको छ त्यसरी नै कोपिला पुतली भूमिका राम्रो भएको छ ।’ गायक प्रेम अर्यालकै शब्द, संगीत र स्वरमा रहेको यस गीतमा गायिका इन्दिरा जोशीको स्वर समावेश गरिएको छ ।

kopila gurung-1
फिल्मी शैलीको आधुनिक पप गीतको म्यूजिक भिडियोसहित कलाकारहरुकै हातबाट सार्वजनिक गरिएको थियो । राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गरी भिडियोमा समावेश रहेका स्रष्टाहरुको हातबाट ‘पुतली’ नामक गीतको सार्वजनिक गरिएको हो । गायक एवं संगीतकार प्रेम अर्याल, मोडल कोपिला गुरुङ, किस्मत तामाङ एवं बजार प्रबद्र्धनको जिम्मा लिएको कम्पनी गोर्खा चौतरी म्यूजिकका संचालक सुनिल लामिछानेको हातबाट संयुक्त रुपमा सार्वजनिक गरिएको थियो ।
विजय थापाद्वारा निर्देशित उक्त म्यूजिक भिडियोमा विजय स्वयम्ले पनि अभिनय गरेका छन् भने किस्मत र कोपिलाको अभिनय पनि प्रशंसनीय बनेको देखिन्छ । तिम्रो बारुले कम्मर देखिन्छ एक नम्बर बोलको गीतमा संगीत संयोजन भने राकेश सोनीले गरेका छन् । भिडियोका छायाँकन सुदिप बरालको रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?v=eGBF6HBQB0c

Comments