‘सत्य कसम…’ भिडियोमा सिद्धान्त (भिडियो)
screennepal
प्रकाशित: २०७२, २९ पुष बुधबार
no img

काठमाडौं । निर्माण नियन्त्रकमार्फत नेपाली रजतपटमा प्रवेश गरेका सिद्धान्त एस. पौडेल पछिल्लो समयमा मोडलिङमा जम्न थालेका छन् । उनले हालसम्म दर्जनौ नेपाली टेलिचलचित्र तथा फिल्ममा निर्माण नियन्त्रकमा रुपमा काम गरेका सिद्धान्तले आधा दर्जनभन्दा म्युजिक भिडियोमा मोडलिङ गरेका छन् ।

सिद्धान्त हालैमात्र गायक स्वरुपराज आचार्यको ‘सत्य कसम’ बोलको म्युजिक भिडियोमा देखिएका छन् । भिडियोमा सिद्धान्तसँग दीपिका बानियाँले मोडलिङ गरेकी छन् । यसअघि सिद्धान्तले गायिका मिलन अमात्य, दीपक लिम्बूलगायतको गीतको भिडियोमा मोडलिङ गरिसकेका छन् । ‘सत्य कसम’ म्युजिक भिडियोलाई अनिता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

siddhanta

राजकुमारको शब्द/संगीत रहेको यस भिडियोलाई सुरज क्षेत्रीले खिचेका छन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments