‘बादलका आकारहरु’ मा बैंक लुटेराको कथा
screennepal
प्रकाशित: २०७२, २९ पुष बुधबार
no img

काठमाडौं । पछिल्लो समय पुनः रंगमञ्चीय गतिविधि बाक्लिदैछ । रंगमञ्चमा दर्शकको भीडमा युवापुस्तामात्रै होइन, ज्ञान लिएर आफूलाई कलाकारितामा स्थापित गराउँन चाहनेहरुको पनि भी बढ्दैछ ।

यसैबिच सर्वनाम थिएटरले नियमित संचालन गर्दै आएको रंग प्रशिक्षणको कार्यशालाको आठौं ब्याच उतारेको छ । यही ब्याचले तयार गरेको नाटक ‘बादलका आकारहरु’ सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । प्रशिक्षार्थी समुहकै समुहगत लेखन तथा निर्देशन रहेको छ नाटकमा । एउटा बैकभित्र भेटिएका अनेक पात्रहरुको कथा छताछुल्ल हुन्छ । सामन्यतया चल्दै आएको यो बैकमा अचानक लुटेर बन्दुक तेर्साउदै आएपछि नाटकले गति लिन्छ ।

badal 1

आफ्नो अनेकौं समस्याले जीवन धान्न नसेकेपछि बैक लुट्न आएको लुटेरासँगै बैकमा भएका अरु पात्रहरुको पनि कथा खोतलिदैजान्छ । बषौदेखि गेटमा स्यालुट ठोक्दै आएको पाले, म्यानेजर भएपनि अरुकै गुलामी गरिरहेको म्यानेजर, पैसामोहले आफ्नै प्रेमीलाई बैक लुट्न पठाउने प्रेमीकाजस्ता पात्र नाटकमा रहन्छन् ।
भर्खरै नाटकको कखरा सिक्दै गरेका सिकारु कलाकारले तनी महिने प्रशिक्षणममा जे सिके, त्यसैलाई मञ्चमा उतारेका भएपनि नाटकलाई सक्दो राम्रो बनाउने प्रयास गरेकाछन् । सामान्य कथालाई कलाकारहरुको प्रस्तुतीले जिवन्त बनाउने काम गरेकाछन् ।

badal
प्रविण अधिकारी,  धर्मेन्द्र ध्वज मल्ल, प्रजन पौडेल, भीष्म जोशी, शिबराम अर्याल, माधव प्रसाद वन्जारे, जौन योन्जन, स्नेहा न्थाछ्यो“, दिभिज देवकोटा, बिम्ब अधिकारी, रोजा खत्री, शुशिल गैह्रे, जनजीत के.सी लगायतको अभिनय रहेको छ ।
‘रंगमञ्चीय ज्ञान लिएर केही गर्छु भन्ने इच्छा भएका कलाकारहरुलाई सर्वनामले स्थान दिँदै आएको छ । आज यिनीहरुले पाएको सानो स्पेश र सरुवातीले नेपाली रंगमञ्चमा एउटा इँटा थप्न सक्छ’ सर्वनामका अशेष मल्लले भने । सर्वनामले हरेक तीन महिनामा नाटक प्रशिक्षण नियमित रुपमा संचालन गर्दै आएको छ ।

Comments