सांस्कृतिक संस्थानका कलाकार सिक्किमतर्फ
screennepal
प्रकाशित: २०७२, २९ पुष बुधबार
no img

काठमाडौं । सिक्किम सांस्कृतिक मञ्चको आतिथ्यमा सांस्कृतिक संस्थानका २२ जना कलाकार सिक्किमतर्फ लागेका छन् ।

३० पुसमा सिक्किममा आयोजना हुने ‘नेपाल सिक्किम सांस्कृतिक साँझ’मा कला प्रस्तुतिका लागि उनीहरु त्यसतर्फ लागेका हुन् । उनीहरुले त्यहाँ एक दर्जन नेपाली नृत्य प्रस्तुत गर्नेछन् । मंगलबार दिउँसो राजधानीको जमलस्थित साँस्कृतिक संस्थानको प्रांगनमा संस्थानका महाप्रबन्धक राजेश थापाले कलाकारलाई बिदाई गर्दै भने, ‘नेपाल र सिक्किम दुवै नेपाली भाषीका साथै हाम्रा धेरै कला सँस्कृति मिल्दा–जुल्दा भएकाले साँस्कृतिक आदन प्रदानका लागि संस्थानका कलाकार त्यसतर्फ लागेका हुन् ।

saskritik 1

संस्थानका अध्यक्ष उद्योग राईको नेतृत्वमा कलाकार त्यसतर्फ लागेका हुन् । आफूहरुले त्यहाँ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर २ माघमा काठमाडौं फर्कने अध्यक्ष राईले बताए ।
सिक्किमतर्फ प्रस्थान गरेका टोलीमा नृत्यकलाकार पवित्रा पँगेनी मदन थापा, सीता कार्की, रेखा कटुवाल, सवनम सिलवाल, अञ्जु आले, माया थापा, सुशील थापा, गोरन चौधरी, छवि मगर, नविन गुरुङ, खीम मगर, श्रीहरी फुयाँल, रेशम पुनलगायत छन् । उनीहरुले त्यहाँ भैरव काली, मारुनी, टयाम्कुली, कौरा, तामाङ शेलो, साकेला, झ्याउरे, झुम्रा, हुड्केली र मयुर नाच प्रस्तुत गर्नेछन् ।

Comments