मनुताको ‘यो यात्रा के सँगै गर्ने हो ?’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २८ पुष मंगलवार
no img

काठमाडौं । गायिका मनुता काङ्बाङले आफ्नो एल्बम ‘आवाज’ अर्थात् इक्लामा समेटिएको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

मनुताले ‘के यो यात्रा सँगै गर्ने हो’ बोलको गीतलाई भिडियोमा ल्याएकी हुन् । मीना सिंघकको शब्दरचना रहेको यस गीतमा मनुतालाई गायनमा उत्तमजंग लिम्बूले साथ दिएका छन् । यु–ट्युबमार्फत सार्वजनिक भिडियोलाई युगल पोमु लिम्बूले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र पुष्प खड्काले अभिनय गरेका छन् । यस गीतको भिडियोलाई गायक रुकमान लिम्बूको रुबुशा क्रियटिभ वर्कस्ले बजारमा ल्याएका हो ।

Comments