‘उकुस–मुकुस मेटाउन ‘स्वरांकन’ (अनिलासँग गरिएको ताजा भिडियो कुराकानी)
screennepal
प्रकाशित: २०७२, २८ पुष मंगलवार
no img

 काठमाडौं । गायिका अनिला राईले आफ्नो सातौं एल्बमका रुपमा ‘स्वरांकन’ गीति एल्बम ल्याएकी छन् । आधुनिक एल्बमका हिसाबले ‘स्वरांकन’ अनिलाको दोस्रो एल्बम हो ।

यसअघि उनले ‘द लाइफ’ नामक आधुनिक एल्बम पस्केकी थिइन् । अनिलाका पाँच लोक गीति एल्बम आइसकेका छन् । एक दशकदेखि बेलायतमा बस्दै आएकी अनिलाले आफ्नो पछिल्लो एल्बम ‘स्वरांकन’ मा १४ वटा गीत समेटेकी छन् । लामो समयपछि एल्बम ल्याएका कारण एकैसाथ १४ गीत रेकर्ड गरेको उनी बताउँछिन् । ‘म मा गाउने उकुस–मुकुस थियो’ एल्बम रिलिजपछि गायिका अनिलाले भनिन्, ‘त्यसैले पनि यस एल्बममा धेरै गीत अटाएकी हुँ ।’

anila rai 2

अनिलाले आफ्नो एल्बम ‘स्वरांकन’ का दुई गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिसकेकी छन् । उनले ‘आँखा भरी’ बर्थ–डे गीत र अर्को ‘तिमीले दिएको एक चिम्टि सिन्दुर’ बोलको गीत सार्वजनिक गरेकी हुन् । बर्थ–डे गीतलाई सङ्स नेपाल र ‘तिमीले दिएको एक चिम्टि सिन्दुर’ लाई मनोरञ्जन नेपालले यु–ट्युबमार्फत सार्वजनिक गरेको हो । केही दिनमै उनले अर्को गीत ‘नजरभन्दा टाढा नजाउ है सानु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने बताइन् । यस एल्बमले आफ्नो गायन करिअरलाई थप उचाइमा पु-याउँने उनको अपेक्षा छ । प्रस्तुत छ गायिका अनिलासँग उनको सांगीतिक करिअर र एल्बम ‘स्वरांकन’ बारे मनोरञ्जन नेपाल र स्क्रीन नेपालका लागि गरिएको ताजा भिडियो कुराकानी ।

Comments