गायनसँगै मोडलिङमा लक्ष्मी
screennepal
प्रकाशित: २०७२, २७ पुष सोमबार
no img

काठमाडौं । गायन र मोडलिङ कलाका दुई फरक विधा हुन् । कमैले यी दुवै विधालाई एकसाथ अगाडी बढाउने आँट गर्छन् । तर, गायिका लक्ष्मी आचार्यले भने यी दुवैलाई एकसाथ लिएर अगाडी बढेकी छन् । मोतीनगर टिकापुर कैलालीकी आचार्य पाँच बर्षदेखि यी दुवै विधालाई एकसाथ लिएर हिडिरहेकी छन् ।

दोहोरी गायनबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले तीन चर्चित लोकदोहोरी एल्बम श्रोतालाई दिइसकेकी छन् ।
‘नजिक नजिक सछर्न्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो’जस्ता उनका चर्चित दोहोरी भाका हुन् ।  यीमध्ये ‘यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो’ अघिल्लो बर्ष सार्वजनिक भएको हो, जसको चर्चा अझै छ ।  यो गीतमा उनलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् भने अन्य गीत उनले खुमन अधिकारी र रामजी खाडसँग गाएकी छन् ।

laxmi 1
सानैदेखि गीत गाउने आचार्य अहिले आधुनिक गीतको एल्बमको तयारीमा छिन् । विभिन्न प्रकारको गीत समेटिएको यस एल्बम छिट्टै बजारमा आउने उनले बताइन् । एल्बममा उनले ‘पाउजु बजाउछु म’ बोलको एक डान्सिङ नम्बर पनि समेटेकी छन् । विभिन्न महोत्सव तथा कार्यक्रमलाई तारगेट गरेर उक्त गीत बनाएको उनले सुनाइन् ।
दोहोरीबाट आधुनिक गीत गायनमा जम्प गरेकी आचार्य आफ्नो कलासंस्कृति झल्कने जुनै पनि गीत आफूले आउने बताउँछिन् । दोहोरी र आधुनिकमा गीत गायनमा धेरै फरक भए पनि गायिकाले सबै गीत गाउनु पर्छ भन्ने उनको मान्यता छ । गायनमा मात्र होइन उनी मोडलिङमा पनि चिनिएकी छन् । आफ्ना लोक तथा आधुनिक गीतमा आफैले मोडलिङ गरेकी आचार्यले बाहिरको दर्जन बढी गीतमा मोडलिङ गरेकी छन् । गायन र मोडलिङ दुवैबाट चर्चा पाएको बताउने आचार्य लोक गीतभन्दा आधुनिक तथा सेन्टिमेन्टल गीतमा मोडलिङ गर्न रुचाउँछिन् । मोडलिङमा समाजलाई पच्ने र सकारात्मक चर्चा हुने ग्ल्यामर दिने गरेको बताउने आचार्यको मनमा एउटा रहर अधुरै छ अझै । त्यो हो चलचित्रको गित गाउने । गायनलाई नै निरन्तरता दिदै जाँदा त्यो पनि पुरा हुने उनले सुनाइन् । अबिबाहीत आचार्यलाई घरपरीवारबाट पनि सपोट त्यतिकै छ । सायद त्यसैले होला उनलाई अगाडी बढ्न सजिलो भएको पनि ।

laxmi
कलायात्राको सुखद पक्ष मात्र होइन उनीसँग दुःखका अनुभव पनि त्यतीकै छ । ‘सुरुवा गायनमा लाग्दा धेरै दुःख पाइयो ’ उनले भनिन् ‘राजधानीमा कती समय भोकै पनि सुतेकी छु ।’ जे जस्तो दुःख परेपनी त्यती बेला गरेको संघर्षले अहिले सुखद अनुभूति भर्न पाएको उनको भनाइ छ ।
अबका दिनमा पनि लोक तथा आधुनी गायनलाई  सँगसँगै लाने सोचाइकी आचार्यको मन पर्ने गायक गायिका लोक गितका खुमन अधिकारी र बिष्णु माझी हुन् भने आधुनिकका स्वरुपराज आचार्य र अञ्जु पन्त रहेका छन् ।  समय अनुसार फेसन गर्न रुचाउने आचार्यलाई आफ्नो आखा सबैभन्दा मनपर्ने अंग हो रे । सोध्दा भनिन् ‘मेरो आखा सेक्सी छ ।’ अझै केही बर्ष बिबाह गर्ने सोचाई नरहेको आचार्यलाई बिबाह र पे्रम प्रस्ताव पनि त आउँछ होला नी ? प्रश्न राख्न नपाउदै जवाफ फर्काइन् कति-कति ।

Comments