अनिलाको दुई गीतको भिडियो सार्वजनिक (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, २७ पुष सोमबार
no img

काठमाडौं । गायिका अनिला राईको दुई म्युजिक भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरिएको छ ।

अनिलाले आफ्नो नयाँ एल्बम ‘स्वरांकन’ को ‘आँखा भरी’ बर्थ–डे गीत र अर्को ‘तिमीले दिएको एक चिम्टि सिन्दुर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

बर्थ–डे गीतलाई सङ्स नेपाल र ‘तिमीले दिएको एक चिम्टि सिन्दुर’ लाई मनोरञ्जन नेपालले यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । मनोरञ्जन नेपालबाट रिलिज गरिएको गीत लिप्सिङ भिडियो हो ।

anila rai 123

यस गीतको शब्दरचना हेमकुमार राईले गरेका हुन् भने संगीत डाक्टर किरातले गरेका छन् । बर्थ–डे गीतमा स्वरमा अनिलालाई राजेशपायल राईले साथ दिएका छन् । यस गीतको शब्दरचना टिका चाम्लिङले गरेका हुन् भने निर्देशन मिलन चाम्सको रहेको छ । दुईटै भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस् ।

 

 

Comments