शनिबार हङकङतर्फ उड्दै भुवन
screennepal
प्रकाशित: २०७२, २४ पुष शुक्रबार
no img

काठमाडौं । गायक भुवन सुप्तिहाङ राई शनिबार हङकङतर्फ प्रस्थान गर्दैछन् । पछिल्लो समय ‘सम्मान’ एल्बमको तयारी गरिरहेका भुवन सांगीतिक कार्यक्रमका लागि त्यसतर्फ जान लागेका हुन् ।

सगरमाथा स्पोर्ट, हङकङले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन जान लागेका भुवनले बताए । कार्यक्रम १० जनवरी अर्थात आइतबार हङकङस्थित यु मा ताइ कम्युनिटी हलमा हुँदैछ ।

गायक भुवनको यो  दोस्रो हङकङ सागीतिक यात्रा हो । यसअघि उनी केही समयअघि त्यहाँ पुगेका थिए ।

bhuwan
गायक भुवनले हालैमात्र ‘आइडी छ कि छैन बहिनी’ बोलको गीतको म्युजिक भिडियो धरानको विभिन्न स्थानमा छायांकन गरेका राजधानी फर्केका हुन् । उनले यस गीतसँगै अर्को एउटा गीतको पनि भिडियो धरानमै बनाएका थिए । ‘आइडी छ कि छैन बहिनी’ गीतको भिडियो निर्माणसँगै हङकङतर्फ लाग्न लागेका उनले भने, ‘यो मेरो दोस्रो हङकङ यात्रा हो ।

पहिलोपटक भन्दा यसपालली अझ हङकङबासीलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य बनाएको छु ।’ २०६० सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील गायक भुवनका दर्जनौ लोकप्रिय गीत छन् । पछिल्लो समय गायनसँगै संगीतमा पनि व्यस्त छन् ।

Comments