पासाङले ल्याए ‘तिम्रो यादमा…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २४ पुष शुक्रबार
no img

काठमाडौं । गीतकार पासाङ तामाङको आधुनिक गीतिसंग्रह ‘तिम्रो यादमा’ श्रोतामाझ आएको छ । मनिपाल राईको एकल संगीत र पासाङको एकल शब्दरचनामा रहेको ‘तिम्रो यादमा’ म्यूजिकखबर डटकमबाट औपचारिक रुपमा सार्वजनिक गरिएको हो । एल्बममा  मैले हार्दा के भो प्रिय, कहिले तिमीलाई, भाग्य, कहिले तिमीलाई जस्ता गीत समावेश छन् ।

यसमा अन्जु पन्त, प्रमोद खरेल, अमर राई, सुनिता पन्तजस्ता गायकगायिकाले स्वर दिएका छन् । एसके मिडिया सोलुशनबाट बजारमा आएको यस गीतिसंग्रहको कहिले तिमीलाई बोलको म्यूजिक भिडियो पनि सार्वजनिक भइसकेको छ भने अन्य गीतको म्यूजिक भिडियो बन्ने क्रममा छ ।

pasang tamang
प्रवासमा बसेर घरबासको मायाप्रेमको याद गर्दै अतित सम्झिएका गीतकार पासाङले मनका भावनाहरु गीतमार्फत व्यक्त गरेका छन् ।
मलेसियाको वैदेशिक रोजगारमा गएका पासाङले व्यस्त जीवनभित्र घरबासको पीडालाई व्यक्त गर्ने माध्यम गीतलाई रोजेका हुन् । उनी राम्रो गीत लेख्न सफल गीतकारका रुपमा परिचित हुने क्रममा छन् । एल्बम सार्वजनिक पछि सबैको माया र सद्भावको खाँचो रहेको बताउँदै सम्पूर्ण संचार क्षेत्र एवं एल्बम तयार पार्नका लागि सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिएका छन् । गीतकार पासाङले आगामी दिनमा पनि गीतिलेखनलाई निरन्तरता राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comments