‘मिस कलेजेज् नेपाल’मा २२ युवतीको स्पर्धा
screennepal
प्रकाशित: २०७२, २३ पुष बिहीबार
no img

 काठमाडौं । पछिल्लो सयम कलेजस्तरका युवतीलाई लक्षित गरेर सौन्दर्य प्रतियोगिता गर्ने क्रम बढेको छ । यसैक्रममा ‘मिस कलेजेज् नेपाल–२०१६’ को नयाँ संस्करणमा २२ युवती छानिएका छन् ।

राजधानीमा सम्पन्न प्रारम्भिक चयनबाट २२ युवती छानिएका हुन् । आयोजक संस्था युहान इन्टरनेशल इभेन्ट्सका निर्देशक सानु खानका अनुसार कलेजमा अध्ययनरत १६ देखि २६ वर्ष उमेर समूहका युवतीको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुतिका लागि प्रतियोगिता आयोजना गरिएको हो । यस प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् ।

miss c

२६ पुसाबाट प्रतियोगीहरुको प्रशिक्षण हुने सुरु हुँदैछ । जसमा विभिन्न विषयका बिज्ञबाट एक महिनासम्म प्रतियोगीहरुलाई विभिन्न प्रशिक्षण दिईने छ । ‘मिस कलेजेज् नेपाल–२०१६’को चयन आगामी माघको अन्तिम सातामा राजधानीमा एक समारोह बीच हुनेछ ।

Comments