मोक्तानको सोलो स्वर रहेको एल्बमको राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । ‘फर्माइस’ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको नेता माधवकुमार नेपालले सार्वजनिक गरेका थिए । सार्वजनिक एल्बममा ६ वटा गीत समावेश छ । एल्बम सविमोचपछि नेता नेपालले एल्बमसमेत ५ सय रुपैयाँमा खरिद गरे । नेता नेपालले भने, ‘आज निकै खुसी लागेको छ । यो मेरो लागि नौलो अनुभव पनि हो, किनकी प्रायः ठाउँमा उपहारै पाउने गरेको छु । तर यहाँ मैले एल्बम खरिद गर्दा बालबालिकाले शिक्षा पाउने हुँदा खरिद गरेको हुँ ।’
काठमाडौं । गायक हेमन मोक्तान एकपटक फेरि दर्शक तथा श्रोतामाझ जुर्मराउन आएका छन् । गायक मोक्तान ‘फर्माइस’ नामक एल्बममार्फत श्रोतामाझ आएका हुन् । मोक्तानको सोलो स्वर रहेको एल्बमको राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । ‘फर्माइस’ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको नेता माधवकुमार नेपालले सार्वजनिक गरेका थिए । सार्वजनिक एल्बममा ६ वटा गीत समावेश छ । एल्बम सविमोचपछि नेता नेपालले एल्बमसमेत ५ सय रुपैयाँमा खरिद गरे । नेता नेपालले भने, ‘आज निकै खुसी लागेको छ । यो मेरो लागि नौलो अनुभव पनि हो, किनकी प्रायः ठाउँमा उपहारै पाउने गरेको छु । तर यहाँ मैले एल्बम खरिद गर्दा बालबालिकाले शिक्षा पाउने हुँदा खरिद गरेको हुँ ।’
समाजसेवामा समेत सक्रिय हेमनले आफ्नो एल्बम बाट आएको आम्दानी एचआईभी संक्रमित बालबालिका अध्ययनरत सफलता एचआईभी शिक्षा सदनलाई प्रदान गर्ने बताए । जहाँ २४ जना एचआईभी संक्रमित बालबालिका अध्ययनरत छन् । संगीतको माध्यमले समाजसेवामा होमिएका हेमनको कार्यप्रति सफलता एचआईभी शिक्षा सदनका सञ्चालन राजकुमार पुनले खुसी व्यक्त गरे ।
कार्यक्रममा नेता नेपालसँगै एचआईभी संक्रमित बालबालिकाले पनि एल्बम सार्वजनिक गरेका थिए । कार्यक्रममा शिक्षा सदनका सञ्चालक पुनलाई सम्मान गरिएको थियो । कार्यक्रममा एल्बमका ६ गीतमध्ये ३ गीतको भिडियो देखाइएको थियो ।
गायक हेमनले ०६८ सालदेखि आफ्नै संस्था मानव जीवन संरक्षण मञ्च पनि सञ्चालन गर्दै आएका छन् । जसमार्फत उनी समाज सेवामा सक्रिय छन् । उनले सफलता एचआईभी शिक्षा सदनका बालबालिकाका लागि हेल्थ एण्ड एजुकेशन कोषको स्थापनामा सघाइरहेका छन् । गायक हेमनको यो दोस्रो एल्बम हो ।
एल्बम सार्वजनिकपछि गायक हेमनले भने, ‘आज निकै खुसी छु किनकी, मेरो गीत संगीतले केही भएपनि बालबालिकालाई शिक्षा दिने अपेक्षा गरेको छु । शिक्षामात्र नभई स्वास्थ्यमा पनि मैले केही सहयोग गर्न पाएको छु ।’ हेमनले कार्यक्रममा आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराएका थिए । कतार जान लागेको सुनाउँदै उनले भने, ‘मेरो यो पहिलो विदेश यात्राको हो र जहाँ मैले डेढ महिनासम्म विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिनेछु र त्यहाँबाट संकलित सम्पूर्ण रकम यिनै बालबालिकाको हेल्थ एण्ड एजुकेशनमा खर्चिने छु ।’
सुमधुर स्वरका धनी हेमनले आफू समाज सेवामा लाग्नुको कारणबारे पनि दर्साए । ३० बर्षीय हेमले भने, ‘संगीतप्रति त मेरो सानैदेखिको रुचि हो । यससँगै समाज सेवा मेरो लक्ष्य हो ।’ ०५७ सालमा काठमाडौं प्रवेश गरेर गायन यात्रा प्रारम्भ गरेका उनले गायनलाई आफ्नो भविश्य बनाउँने निर्णय गर्दै गीतसंगीतको प्रशिक्षण पनि लिएका थिए । हेमनले भने, ‘त्यसपछि पहिलोपटक मैले डा. कृष्णहरि बरालको शब्द तथा पावल चामलिंङ राईको संगीतमा गीत रेकर्ड गराएँ ।’ ०६३ सालमा उनले बेनी माधव भट्टराईको शब्द तथा आफ्नै संगीत र स्वरमा ‘यी तारा हुन् तिम्रै’ बोलको गीत गाए, जुन गीत उनलाई चर्चामा ल्याएको हो । त्यसपछि ०६५ सालमा ७ वटा आधुनिक गीत संग्रहित ‘अनुपम’ नामक एल्बम ल्याएका हेमनले अहिले आएर ‘फर्माइस’ ल्याएका हुन् । यस एल्बमको सफलता पाए ती एचआइभी संक्रमित नानीहरुलाई पनि सहयोग हुने उनले अपेक्षा गरेका छन् ।