माघ २ मा ‘नेपाल्स फेस अफ द इयर’को पहिलो अडिसन
screennepal
प्रकाशित: २०७२, २२ पुष बुधबार
no img

काठमाडौं । विभिन्न उमेर र वर्गका लागि सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्दै आएको रिवन इन्टरटेनमेन्ट प्रालिले आप्mनो कम्पनीको परिचय बनेको ‘नेपाल्स फेस अफ द इयर’ यस वर्ष पनि गर्ने भएको छ । दोस्रो संस्करणको ‘नेपाल्स फेस अफ द इयर–२०१६’ का लागि आगामी २ माघमा पहिलो चरणको अडिसन गरिने रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले जानकारी गराइन् । झाका अनुसार यस वर्षको प्रतियोगितामा महिलाका साथै पुरुषले पनि स्पर्धा गर्न सक्नेछन् भने प्रतियोगिताका विजयीले अन्तर्राष्ट्रिय प्रतिायोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

rubin

यसबाहेक अन्तराष्ट्रिय मोडलिङ वर्क शपसँगसँगै सेल्फ मेकअप, ग्रुमिङ, नेपालका शिर्ष कोरियोग्राफरबाट कोरियोग्राफीको प्रशिक्षण, जुम्बा क्लास, टेबल म्यानर क्लास, डान्स, व्यक्तित्व विकास, आर्टजस्ता विषयमा प्रशिक्षण र तालिम पाउने बताइएको छ ।   साथै विजेताले म्युजिक भिडियोमा अभिनय र मोडलिङ एवं शैक्षिक छात्रबृत्ति, आइएलटीएस÷टोफेल क्लासको अवसर पाउने जनाइएको छ ।

fff

File Photo

बानेश्वसरस्थित होटल रानी महलमा हुने अडिसनमा सहभागी हुन चाहनेहरु कम्तीमा एसएलसी उतिर्ण हुनुपर्ने, पुरुषको हकमा ५ फिट ६ इञ्च र महिलाका हकमा ५ फिट उचाई हुनुपर्ने र १६ देखि २७ वर्षका युवायुवातीले भाग लिन सक्ने प्रावधान निर्धारण गरिएको छ। प्रतियोगितामा बिबाहित र अबिबाहित दुबैले स्पर्धा गर्न सक्ने प्रतियोगिताका कोरियोग्राफर अश्विनी झाले बताए। रविन इन्टरटेनमेन्टले यसअघि सुपर मोडल कन्टेष्ट, मिसेस नेपाल इन्टरनेशनल, मिस एसएलसी अफ द इयर, मिष्टर एसएलसी, मिस टीन अफ द इयर, कलेज डिभा अफ द इयर, नेपाल्स फेस अफ द इयरजस्ता विभिन्न प्रतियोगिताको आयोजना गरिसकेको छ।

Comments