संगीतकार अम्बर गुरुङलाई अबदेखि नियमित मासिक ३० हजार भत्ता
screennepal
प्रकाशित: २०७२, २१ पुष मंगलवार
no img

काठमाडौं । नेपाली राष्ट्रिय गानका संगीतकार तथा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजारका दरले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत नियमित भत्ता उपलब्ध गराउने नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णअनुसार रकम प्रदान गरिएको छ ।

०७२ कार्तिक २३ गतेको निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक माननीय आनन्द प्रसाद पोखरेलले एवं पूर्वकुलपति रहेका संगीतकार गुरुङको बुढानिलकण्ठस्थित निवासमा भेटि सो रकम हस्तान्तरण गरेका छन् । उक्त अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भूजीत बासकोटा, सदस्य सचिव गणेश रसिक, संस्कृति सचिव दीनेश कुमार थपलियालगायत प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति थियो ।

???????????????????????????????
हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले अम्बर गुरुङले नेपाली संगीतका क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै भने, ‘सिंगो नेपाललाई ब्युझाउँन र नेपालको राष्ट्रियतालाई जगेर्ना गर्ने उनको कार्यलाई पुस्तापुस्तासम्म कसैले बिर्सने छैनन् । विगतमा उनले गरेका योगदान सगरमाथाभन्दा अग्ला छन र उनको योगदानले अर्काे सगरमाथाको उचाई प्राप्त गरको छ ।’ भेटका क्रममा अम्बर गुरुङजस्ता राष्ट्रका श्रष्टालाई राज्यको तर्फबाट सम्मान तथा सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।
प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति र वरिष्ठ संगीतकार उपचारका क्रममा रहेकाले उनले राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै उनको स्वास्थ्य उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नका लागि मन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरे ।

???????????????????????????????
कार्यक्रमका अवसरमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले राष्ट्रका लागि अतुलनीय योगदान गर्ने श्रष्ट्राहरुको कदरस्वरुप राज्यले उपचारलगायत अन्य सुविधा र सहयोग उपलब्ध गराउनुपर्ने आफ्ना धारणा राखेका थिए । मन्त्री पोखरेलले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा गरिएको प्रस्तावलाई पहल गरिने र यस प्रस्तावलाई सहजिकरणका लागि आफू लागि पर्ने बताए । भेटघाटका क्रममा प्राज्ञ माधव प्रधान, प्राज्ञ पवित्रा घर्ति, प्राज्ञ पुस्कर गुरुङ, मन्त्रालयका सहसचिव भरतमणी सुवेदी लगायतको उपस्थिति थियो । संगीतकार गुरुङ केही वर्षयता पार्किन्सन्स र मधुमेहबाट पीडित छन् । उनी नियमित उपचारको क्रममा छन् ।

Comments