सौरहा पुगेर असोक–महिमाको ‘ज्यानको बाजी…’
screennepal
प्रकाशित: २०७२, २० पुष सोमबार
no img

काठमाडौं । म्युजिक भिडियोबाट म्युजिक भिडियोमा प्रवेश गरेका थुप्रै अभिनेत्री छन् । जसमा कतिपय अभिनेत्रीले त म्युजिक भिडियो र चलचित्र एकसाथ पनि गरिहेका छन् । तीमध्येकी एक हुन् महिमा सिलवाल । चलचित्र अभिनयबाट कलाक्षेत्रमा प्रवेश गरेकी महिमाले करिब आधा दर्जन बढी चलचित्र अभिनय गरिसकेकी छन् भने उनका थुप्रै भिडियो सार्वजनिक भएका छन् ।
उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘नो स्मोकिङ’ र ‘सुब्बा साहेब’ प्रदर्शनको पर्खाइमा छ भने उनको अभिनय रहेको म्युजिक भिडियो पनि एकपछि अर्काे  सार्वजनिक भइरहेका छन् । चलचित्र र म्युजिक भिडियो दुवैमा देखिने यी अभिनेत्री महिमा आइतबार सौराहमा पनि म्युजिक भिडियो छायांकनको क्रममा भेटिइन् ।

video 2

सौरहाको केसी रेष्टुरेन्ट र स्वस्तिक रेष्टुरेन्टको रमणीय वातावरणमा दिनभर उनले  ‘बरु यो ज्यानको बाजी लगाउछु…’ गीतको भिडियोमा अभिनय गरिन् । गायिका दुर्गा खरेलको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेको यस गीतको भिडियो उतार्ने काम भने निर्देशक रत्न जोशीले गरेका हुन् । गीतमा महिमालाई पुरुष मोडलका रुपमा असोक भट्टराईले साथ दिएका थिए । असोक पछिल्लो समय म्युजिक भिडियो तथा छोटा चलचित्रमा निकै देखिने गरेका छन् ।

video 1
असोक र महिमाको रोमान्स म्युजिक भिडियोमा आफूले आकर्षक तवरले उतारेको निर्देशक जोसीले बताए । सेन्टिमेन्टल शैलीको गीतलाई रोमान्स र सेन्टिमेन्टल दुवै मिसाएर भिडियोमा उतारेको जोसीले खुलाए ।

video 5

रत्न जोशीको निर्देशनमा आफूलाई काम गर्न सहज हुने भएकोले उनको निर्देशनको म्युजिक भिडियो अभिनय गर्ने गरेको महिमाले सुनाइन् । दुई भिडियो निर्माणको योजनासहित १० जानको टोली लिएर सौराह पुगेका निर्देशक जोसीले शनिबार र आइतबार लगातार छायांकन गरेर अर्काे एक गीत ‘मोती जस्तो आसु मेरो..’ को भिडियोसमेत छायांकन सकाए । बसन्त सापकोटाको संगीत र अञ्जु पन्तको स्वर रहेको उक्त गीतमा असोक भट्टराई र सरला थापाको अभिनय समेटिएको छ । भिडियो बुढासुब्बाले म्युजिकले निर्माण गरेको हो ।

Comments