एक्शन स्टुडियोमा गायिका अनिलासँग एक्शन–कट ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १९ पुष आईतवार
no img

काठमाडौं । गायिका अनिला राई शनिबार अनामनगरस्थित एक्शन स्टुडियोमा गीत रेकर्डिङका क्रममा भेटिइन् ।

तर, गीत रेकर्डिङ अन्य दिनभन्दा फरकशैलीमा भइरहेको थियो, जहाँ रेर्कडिस्ट र संगीतकार मात्र थिएनन्, क्यामेरा र लाइटसमेत ‘स्टेन्ड’मा थियो ।

अनिलाको गायन कलालाई क्यामेरामा कैद गरिहेका थिए, विज्ञान राईले । जहाँ दुईटा गीत रेकर्डिङको ‘नाटक’ भइरहेको थियो ।

अनिलाले सुरुमा ‘पहिलेजस्तो हुँदैन भेट’ बोलको गीत गाइन्, त्यसपछि ‘तिमीले दिएको एक चिम्टी सिन्दुर’ ।

Anila Rai (2)
प्रसंग ‘लिप्सिङ भिडियो’को हो । पछिल्लो समय गायक/गायिकामा ‘लिप्सिङ भिडियो’को ‘ट्रेन्ड’ चलेको छ । यसैअनुरुप एक दशकदेखि बेलायत बस्दै आएकी गायिका अनिलाले पनि आफ्नो नयाँ एल्बम ‘स्वरांकन’ मा समेटिएको ‘पहिलेजस्तो हुँदैन भेट’ र ‘तिमीले दिएको एक चिम्टी सिन्दुर’ बोलको गीतको भिडियो निर्माण गरिएको हो । ती दुवै गीतको संगीत डाक्टर किरातले गरेका हुन् ।

Anila Rai (6)

‘लिप्सिङ’ छायांकनमा संगीत किरात पनि थिए । उक्त भिडियो यु–ट्युब च्यानल मनारञ्जन नेपालका लागि निर्माण गरिएको हो । उनले आफ्नो एल्बमको अन्य तीन गीतको पनि म्युजिक भिडियो निर्माण गरेकी छन् । ती गीतको म्युजिक भिडियो निर्देशन मिलन चाम्सले गरेका छन् । ती भिडियो एल्बम रिलिजकै दिन सार्वजनिक गर्ने अनिलाले बताइन् । अनिलाले आफ्नो ‘स्वरांकन’ ७ जनवरीमा रिलिज गर्दैछिन् । यो उनको दोस्रो एकल आधुनिक एल्बम हो । यसअघि करिब ६ वर्ष पहिले अनिलाले ‘द लाइफ’ नामक आधुनिक एल्बम ल्याएकी थिइन् ।

Anila Rai (1)

Anila Rai (4)

धुलिखेलमा सुटिङका क्रममा अनिला ।

Anila Rai (3)

‘द लाइफ’ ल्याउनुअघि अनिलाले ‘यो मनको रहर’, ‘जुन ठूली’, ‘कालीको लाली जोवन’जस्ता पाँच लोकगीति एल्बम ल्याएकी थिइन् । तर, पछिल्लो समय अनिलाले लोकभन्दा आधुनिक गीत बढी गाउँदै आएकी छन् । तर, उनी भन्छिन्, ‘लोक पनि गाउँदै आएकी छु । स्वरांकन एल्बममा पनि केही लोकगीत गाएकी छु ।’ एल्बम ‘स्वरांकन’ मा लोक, लोक पप, आधुनिक सबैखाले गीत समेटेको अनिलाले बताइन् । एल्बममा १४ वटा गीत समेटेको उनले बताइन् ।

Comments