इन्दिरा र गोविन्द बेलायतमा, सुनिता ६ तारिख जाँदै
screennepal
प्रकाशित: २०७२, १९ पुष आईतवार
no img

काठमाडौं । हालै गठित ब्रिटिस गोर्खा नेप्लिज काउन्सिल ‘बिजिएनसी’ले नेपालका चर्चित कलाकारलाई लिएर बेलायतको चिसोलाई तताउँदैछ । कार्यक्रममा चर्चित लोकगायिका तथा कार्यक्रम प्रस्तोता सुनिता दुलाल, इन्दिरा जोशी, नृत्य निर्देशक गोविन्द राईलगायतका कलाकार प्रस्तुती रहनेछ । कार्यक्रममा सहभागी हुन इन्दिरा र गोविन्द बेलायत पुगिसकेका छन् । सुनिता भने ६ जनवरीमा त्यसतर्फ जाँदैछिन् । स्क्रीन नेपालसँग कुरा गर्दै सुनिताले भनिन्, ‘म अलि व्यस्त भएका कारण ६ तारिख मात्र यहाँबाट उड्दै छु । इन्दिरा र गोविन्द बेलायत पुगिसक्नु भएको छ ।’ बिजिएनसी’ का अनुसार कार्यक्रम ९ तारिखबाट सुरु हुँदैछ । बेलायतको विभिन्न १३ स्थानमा हुने ‘गोर्खा कल्चर नाईट’ नाम दिइएको कार्यक्रमको पहिलो शो फार्नबोरोस्थित ओफार्म कम्युनिटी हलमा हुने बताइएको छ ।

sunita

Sunita Dulal

बिजिएनसीका अनुसार कार्यक्रम रेडिङ, ग्रेज, आसफोर्ड, विनचेष्टर, स्वीन्डन, लन्डन, ननिटन, बेजिङस्टोक र क्याट्रिकमा हुनेछ । लगातार दुईसाता कार्यक्रम हुने भएकाले यसपटकको बेलायत बसाई करिब दुई महिना हुने सुनिताले बताइन् । बिजिएनसी बेलायतका बस्दै आएका पूर्व सैनिक तथा गैरसैनिकहरुको संगठन हो, जसले आउँदो वर्ष ‘गोर्खा अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । यो कार्यक्रम त्यसैका लागि कोष स्थापना गर्नलाई हो ।

indira 123

Indira Joshi

Comments