‘स्वतन्त्र’ भिडियोमा प्रियंकाको हट अवतार (भिडियो हेर्नुुुस्)
screennepal
प्रकाशित: २०७२, १९ पुष आईतवार
no img

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आफ्नो नयाँ म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छन् । ‘स्वतन्त्र’ टाइटल दिएको यस म्युजिक भिडियोमा उनी सुरुमै सेतो ‘स्वीमसुट’माथि रातो रंगको हाफ ज्याकेटमा देखिन्छिन् ।

शैलेन्द्र सिंहको शब्दरचना रहेको यस गीतको बोल ‘म, सुनिएको कथा म, गुञ्जिएको आवाज हुँ’ रहेको छ । प्रियंकाकै स्वर रहेको यस गीतलाई शैलेश श्रेष्ठले संगीत गरेका हुन् । भिडियोमा गायिकासमेत रहेकी प्रियंका निकै सेक्सी देखिएकी छन् । गीतको शब्द र स्वर अनुसार भिडियोमा प्रियंका निकै सेक्सी देखिन्छिन् । तर, जेहोस् भिडियो राम्रो बनेको छ ।

priyanka

यस भिडियोलाई द पभिलियन्स हिमालयन्स रिसोर्टमा आउटडोर र इन्डोर छायांकन गरिएको छ । यस भिडियोको छायांकन सुसन प्रजापतिले गरेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments